फ्रान्सको चर्चित कार ब्राण्ड नेपाल आउने, साँग्रिला मोटर आधिकारीक बिक्रेता

काठमाडौं । फ्रान्सको चर्चित ब्राण्ड सिट्रोन नेपाल आउने पक्का भएको छ । सिट्रोन सुन्दर कार निर्माणमा बहुचर्चित यूरोपियन ब्राण्ड हो ।

नेपालको लागि सिट्रोनको आधिकारीक वितरक साँग्रिला मोटर्स नियुक्त भएको छ । डिलर सिप सम्झौँतामा साँग्रिला मोटर्सको तर्फबाट निर्देशक हेमन्त गोल्छा र पिएसए ग्रुपको तर्फबाट भाइस प्रेसिडेन्ट सेल्स एण्ड मार्केटिङ एसिया प्यासिफिक अर्नोड डुचिमिनले सम्झौँता गरेका हुन् ।

यो सम्झौँतासँगै १०१ वर्षको इतिहास बोकेको सिट्रोनका उत्पादनहरु नेपाली बजारमा प्रबेश गर्ने भएका हुन् । कम्पनीले अहिले ह्याचव्याक कार, एसयूभी, एमयूभी र मिनिभ्यान जस्ता उत्पादनमा प्रख्याती पाइरहेको छ ।

साँग्रिला मोटर्सले नेपाली बजारमा सिट्रोनको एसयूभी २०२१ मा सार्वजनिक गर्ने छ । संम्भवत कम्पनीको पहिलो एसयूभी ‘सि५ एयरक्रस’ हुने छ भने त्यसपछि भारतमा उत्पादन हुने सानो एसयूभी बजारमा उतार्ने छ ।

साँग्रिला मोटर्सले यसअघि पनि पिएसए ग्रुप अन्तर्गतको प्यूजोका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको थियो ।


Back_to_top