काठमाडौं । पियाजियो ग्रुप अन्तर्गतको अप्रिलियाले इलेक्ट्रीक स्कुटरको ट्रेडमार्क दर्ता गराएको छ । इटालियन टू ह्वीलर कम्पनीले ‘इएसआर१’ को युरोपियन यूनियन इन्टेलेक्चुअल प्रोप्रटी अफिसमा ट्रेडमार्क दर्ता गराएको हो ।
ट्रेडमार्क दर्ता गर्ने कम्पनीको नाम नखुलाइएको भएतापनि एसआरको लोगो प्रयोग गरिएकाले यसले अप्रिलिया संकेत गरेको छ ।
अप्रिलिया इ-एसआर१ मा पियाजियो ग्रुपकै भेष्पा इलेक्ट्रीकको टेक्नोलोजी र पावर ट्रेन हुने उल्लेख गरिएको छ । भेष्पा इलेक्ट्रीक अन्तर्राष्ट्रिय बजारमा विक्री नै भइरहेको छ ।
भेष्पाबाट नै पावरट्रेन लिएका कारण यो स्कुटर २०२१ मा बजारमा आउने विभिन्न रिपोर्टले दावी गरेका छन् ।
भेष्पा इलेक्ट्रीकमा ४ किलोवाटको मोटर दिइएको छ । यसमा लिथियम आयन व्याट्री प्याक रहेको छ । यो स्कुटरले २०० एनएम टर्क जेनेरेट गर्छ भने यो स्कुटर फुलचार्जमा १०० किलोमिटर रेन्ज प्रदान गर्छ ।
कम्पनीले भेष्पा इलेक्ट्रीकलाई भारतमा भएको अटो एक्स्पो २०२० मा प्रदर्शन गरिएको थियो ।

