काठमाडौं । महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनर्जीले नेपालमा विक्री गर्दै आएको इटुओ प्लस र अटो होस्टले विक्री गर्दै आएको डेरी ब्राण्डका विद्युतीय कार कम मूल्यमा किन्न पाइन्छ । यी गाडी किन्ने ग्राहकले ५ लाख रुपैयाँ डाउन पेमेन्ट गरेर नयाँ गाडी खरिद गर्न सक्ने छन् ।
अटो होस्टले नेपालमा केहि दिनअघि विक्री सुरु गरेको डेरी ब्राण्डमा इभी७ र इएम७ छन् भने महिन्द्राले इटुओको पि४ मोडल विक्री गर्दै आएको छ । डेरी ब्राण्डको इभी ७ को मूल्य २५ लाख ९९ र इएम७ को मूल्य २६ लाख ५० हजार रुपैयाँ रहेको छ । महिन्द्राको इटुओ इलेक्ट्रीकको मूल्य भने २९ लाख २५ हजार रुपैयाँ निर्धारण भएको छ ।
विद्युतीय सवारी साधनमा बैंकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने हुदा ग्राहकले २० प्रतिशत मात्रै डाउन पेमेन्ट बुझाएर गाडी किन्न सक्ने छन् । यस्तोमा इटुओ किन्ने ग्राहकले कम्तीमा ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ ।
डाउन पेमेन्टपछि २३ लाख ४० हजार रुपैयाँ कर्जा दिएर गाडी किन्न सकिन्छ । अहिले व्याजदर अनुसार ९ प्रतिशतमा ७ वर्षको लागि कर्जा लिएर इटुओ किन्ने ग्राहकले मासिक ३७ हजार ६४८ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

डेरी ब्राण्डको इएम७ किन्न चाहने ग्राहकले ५ लाख ३० हजार रुपैयाँ डाउन पेमेन्ट वापतको रकम तिरेर २१ लाख २० हजार रुपैयाँ कर्जा लिन सक्ने छन् । यसरी कर्जा लिएर इएम७ किन्ने ग्राहकले मासिक ३४ हजार ११० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
डेरी ब्राण्डको इभी७ किन्न चाहने ग्राहकले ५ लाख १९ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने मासिक किस्ता ७ वर्षसम्म ३३ हजार ४५० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
महिन्द्रा इटुओमा ४८ सेलको लिथियम आयोन फोस्फेट ब्याट्री दिइएको छ । यसलाई फूल चार्ज गर्नको लागि सामान्य घरायसी प्लगइनमा चार्ज गर्दा ४ देखि ५ घन्टा लाग्नेछ । एकपटक फूल चार्ज गरेपछि १३० किलोमिटरसम्म यात्रा गर्न सकिने यो कार सिटीमा चलाउन उत्कृष्ट रहेको छ ।
डेरी ब्राण्डको इभी७ इलेक्ट्रीक मोडल हो भने इएम७ इलेक्ट्रीक र सोलारबाट चल्ने कार हो । इभी ७ मोडलमा १५० एम्पीएर आवरको व्याट्री दिइएको छ । यसले एक पटकको फुल चार्जमा १५८ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । इएम ७ ले भने १७४ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
डेरी ब्राण्डका कारको उच्चगति क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ भने महिन्द्रा इटुओ ९० किलोमिटरको रफ्तारमा चलाउन सकिन्छ ।
डेरी ब्राण्डका कार चीनमा उत्पादन भएका हुन् भने महिन्द्रा भारतीय ब्राण्ड हो । नेपाली बजारमा महिन्द्राको इलेक्ट्रीक कारले आफुलाई प्रमाणित गरिसकेको छ भने डेरी ब्राण्ड भर्खरै नेपाल आएको हो ।

