काठमाडौं । भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राको इलेक्ट्रीक कार इटुओ प्लसको नयाँ मूल्य सार्वजनिक भएको छ । कम्पनीले गत जेठ १५ गतेपछि बढेको कर अनुसारको मूल्य प्रकाशन गरेको थिएन ।
महिन्द्राले आफ्नो सफल इलेक्ट्रीक कार इटुओ प्लसको एउटा मात्रै भेरियन्टको मूल्य सार्वजनिक गरेको छ । यसअघि कम्पनीले यसलाई दुई भेरियन्ट पि-४ र पि-६ मा विक्री गर्दै आएको थियो ।
नयाँ कर संरचना अनुसार इटुओ प्लसमा ४० प्रतिशत भन्सार, ६ प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण शुल्क लाग्ने छ । यसअघि २२ लाख ६५ हजारमा विक्री हुँदै आएको इटुओ पि-४ को मूल्य अब २९ लाख २५ हजार रुपैयाँ हुने भएको हो ।
पूर्व अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधनमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सारलाई बढाएर ४०, लाग्दै नलागेको अन्तःशुल्कलाई ४० र ४ प्रतिशत लाग्दै आएको सडक निर्माण शुल्कलाई बढाएर ५ प्रतिशत बनाएका थिए । त्यसपछि कम्पनीहरुले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याएका छैनन् ।
महिन्द्राको नेपालको लागि आधिकारीक वितरक अग्नी इनर्जीले प्रकाशन गरेको नयाँ मूल्य पुरानो मूल्यको तुलनामा २९.१३ प्रतिशतले बढी हो ।

