सुन्दर मोटरसाइकलको सूचीमा होन्डा ग्रोम, यी हुन् अन्य १५ मोडल

काठमाडौं । ‘दि कुलिस्ट डटकम’ले संसारका सुन्दर मोटरसाइकलको सूचीमा होन्डा ग्रोमलाई राखेको छ । कम्पनीले विभिन्न १६ वटा मोडललाई उक्त सूची राखेर प्रकाशन गरेको हो । जसमा होन्डा ग्रोमको अलावा होन्डा सिबी ३०० एफ पनि परेको छ ।

अन्य मोडलमा सुजुकी टियु २५० एक्स, यामाहा टिडब्ल्यू २००, सुजुकी भ्यानभ्यान २००, बिएमडब्ल्यू जि ३१० आर, यामाहा वाईजेडएफ आर ३, कावासाकी भर्से एक्स ३००, कावासाकी केएलआर ६५०, कावासाकी निन्जा ६५० आर, हार्ले डेभिड्सन स्ट्रीट ७५०, डुकाटी स्क्र्याम्लर सिक्सटी २, डुकाटी अर्वान इन्डुरो, ट्रायम्फ स्ट्रीट कप, जिरो एस, हार्ले रोड ग्लाइड जस्ता मोडल राखेको छ ।

अन्तर्राष्ट्रिय बजारमा ३ हजार २९९ डलर मूल्य कायम गरेर विक्री भइरहेको होन्डा ग्रोम झट्ट हेर्दा निकै लोभलाग्दो रहेको छ । यसमा कम्पनीले १२५ सीसी क्षमताको इन्जिन दिएको छ ।


Back_to_top