एक दशकमा बजाज, हिरो र टीभीएसको नयाँ फड्को

काठमाडौं । पछिल्लो दुई दशकदेखि बजाज, हिरो र टीभीएसका उत्पादन नेपाली बजारमा विक्री वितरण हुँदै आएका छन् । बजाजले दुई दशक अघि नेपाल ल्याएको पल्सर, हिरोको स्प्लेन्डर र टीभीएसको अपाचे अहिले पनि धेरै विक्री हुन् मोडलमा पर्छन् । मोडल नाममा परिवर्तन भनएपनि यसको टेक्नोलोजी, सुरक्षा, आरामदायीपन जस्ता विषयमा भने ठूलो परिवर्तन आएको छ ।

सन् २०१० अघि नै बजाजले केटीएमसँग सहकार्य सुरु गरेर आफ्ना उत्पादनमा पावर र स्टाइल प्रदान गर्दै आएको थियो । त्यसपछि बजाजले सन् २०१६ मा ट्रायम्फसँग सहकार्य गरेको छ । यूरोपियन दुई सफल ब्राण्डसँगको सहकार्यले भोलिका दिनमा पनि बजाजले निकै उत्कृष्ट मोटरसाइकल बजारमा ल्याउने अपेक्षा गर्न सकिन्छ ।

सन् २०१३ मा टीभीएसले जर्मन ब्राण्ड बीएमडब्ल्यूसँग सहकार्य गरेर भारतमा बीएमडब्ल्यू मोटरसाइकलको उत्पादन सुरु भएको थियो । अहिले टीभीएसले बीएमडब्ल्यूसँगको सहकार्यमा टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल उत्पादन गरिरहेको छ । यी दुई कम्पनी बीचको सहकार्यले टीभीएसको ब्राण्ड भ्यालुमा निकै ठूलो परिवर्तन आएको मानिन्छ । यसबाट हौसिएर टीभीएसले बन्द अवस्थामा रहेको वेलायती आइकोनिक ब्राण्ड नर्टन खरिद गरेको छ ।

जापानी कम्पनी होन्डासँगको सहकार्यमा स्थापना भएको हिरो पछिल्लो एक दशकमा विश्वकै ठूलो मोटरसाइकल उत्पादक भइसकेको छ । होन्डासँगको सहकार्य टुटेको लामो समयपछि उसले विश्व विख्यात अमेरिकी मोटरसाइकल उत्पादक हार्ले डेभिड्सनसँग नयाँ सहकार्य गरेको छ । यी दुई कम्पनी बीचको सम्झौँता अनुसार हार्लेका उत्पादनको विक्री र सर्भिसको काम भारतमा हिरोले गर्ने छ भने हिरोको मिडसाइज सेग्मेन्टका मोटरसाइकल निर्माण हार्लेले सघाउने छ ।

भारतीय मोटरसाइकल उत्पादकले यी विश्व प्रसिद्ध ब्राण्डसँगको सहकार्यबाट डिजाइन, टेक्नोलोजी लगायतमा ठूलो फड्को मार्ने निश्चित प्रायः रहेको छ ।


Back_to_top