काठमाडौ । प्योर इभीले आफ्नो इलेक्ट्रीक स्कुटर ई-प्लुटो ७ जीमा न्यू एयर अफर सार्वजनिक गरेको छ । प्योर इभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ई-प्लुटो ७ जीमा नगद छुट अफर ल्याएको हो ।
ग्राहकले ई-प्लुटो ७ जीको खरिदमा नगद १५ हजार रुपैयाँ तथा १० हजार बराबरको एशोसरिज निःशुल्क प्राप्त गर्नेछन् । एशोसरिजमा फुल हेलमेट, हेलमेट लकर, टुल किट, फ्रष्ट एड किट, सिट कभर, स्कुटर कभर, चेष्ट गार्ड, व्याट्री बेल्ट, फुट म्याट जस्ता रहेका छन् । कम्पनीले यो अफर डिसेम्वर ३१ सम्म लागु हुने जनाएको छ । कम्पनीले नगद र एशोसरिज गरि २५ हजार रुपैयाँ बराबरको छुट अफर गरेको छ ।
प्योर ईभीको ई-प्लुटो ७ जीमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक रहेको छ । ई-प्लुटो ७ जीको उच्च गति ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ । साथै, नेपाली बजारमा यो स्कुटर १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सनमा बिक्री भइरहेको छ । यसमा रहेको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १०० किलोमिटर चलाउन सकिन्छ ।
यसका साथै यसमा ब्रेक लगाउँदा व्याट्री रिर्चाज हुने ‘रिजेनेरेटीभ सिस्टम’ समेत रहेको छ । यो स्कुटरको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ । यसमा ४ इन्चको एलइडी डिस्प्ले दिइएको छ । यस्तै यसका सबै लाइटहरु एलइडी रहेको छ । यस्तै यसमा एन्टी थेप्ट लकिङ सिस्टम समेत रहेको छ ।
कम्पनीले ई-प्लुटो ७ जीको मूल्य २ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

