काठमाडौं । अमेरिकी ४६ औँ राष्ट्रपतिको रुपमा जो वाइडेनले हिजो सपथ ग्रहण गरेका छन् । सपथ ग्रहणसँगै उनले आफ्नो ५३ वर्ष पुरानो कारमा मन खोलेर यात्रा गर्न पाउने छैनन् ।
उनले आफ्नो कार अमेरिकी सिक्रेट सर्भिसलाई बुझाउनु पर्ने छ । उनले चढ्दै आएको ‘चेवी कार्वेट कन्भर्टेवल स्ट्रिङग्रे’ सन् १९६७ सालमा बनेको कार हो । वाइडेनले यो कारलाई यति जतन गरेर चलाएका छन् कि उनको कारको पर्फमेन्स अहिले पनि दुरुस्त छ ।
आफ्नो राष्ट्रपतिको कार्यकालपछि पनि वाइडेनले चेबी कार्वेटको प्रयोग गर्न पाउने छैनन् । अमेरिक सिक्रेट सर्भिसले आफ्नो पूर्व राष्ट्रपतिलाई पनि सडकमा आफैँ गाडी चलाएर हिड्न दिदैन ।
वाइडेनले धेरै पटक आफ्नो अन्तर्वार्तामा भनेका छन्, ‘मलाई कार चलाउन निकै मन पर्छ । विशेषत स्पीड मेरो शौख हो ।’ यस्तोमा अव उनले सडकमा आफैँ कार दौडाउन पाउने छैनन् ।
उनको कार चेबी कार्वेटमा भी ८ इन्जिन दिइएको छ । यसले अधिकतम ३५० हर्स पावर प्रदान गर्छ । यसमा रहेको इन्जिन यति पावरफुल छ कि यसले ५.८ सेकेन्डमा झण्डै ९७ किलोमिटरको स्पीड पकड्न सक्छ ।
चेबी कार्वेट कार वाइडेनका बुबाले उनको विबाहमा गिफ्ट दिएका थिए । उनले यो कार आफ्नो बुबा र सन् २०१५ मा मृत्यू भएका छोरा व्यूको सम्झनामा सम्हालेर राखेको बताएका छन् ।
सन् १९६७ मा किनिएको यो कारको मूल्य ५ हजार ६०० डलर रहेको थियो ।

