हिरो मोटरसाइकलले राख्यो नयाँ विश्व रेकर्ड, आजै नयाँ मोटरसाइकलको घोषणा हुन सक्ने

काठमाडौं । हिरो मोटोकर्पले १० करोड यूनिट मोटरसाइकल उत्पादनको नयाँ विश्व रेकर्ड बनाएको छ । कम्पनीले आज, २१ जनवरीको उत्पादनसमेत गरेर १० करोड यूनिटको आँकडा पुरा गर्ने भएको हो ।

यहि अवसर पारेर हिरोले विश्वभरका हिरो विक्री हुने देशलाई जोडर एक कार्यक्रम गर्न लागेको छ । कम्पनीले आज मध्यान्न यो विश्व रेकर्डको उद्धघोष गर्न अनलाइन मार्फत कार्यक्रम गर्न लागेको हो ।

हिरो मोटोकर्पले यो आँकडा गतवर्ष नै पुरा हुने अनुमान गरेको थियो । तर, हुन सकेको थिएन ।

‘विगत ५ वर्षमा हामीले भारतभन्दा बाहिर ४० देशमा डिलर नेटवर्क विस्तार गरेका छौं । हाम्रा उत्पादनले अलगै छाप छाड्न सफल भएका छन् । आज हामी नयाँ विश्व रेकर्ड राख्न गइरहेका छौ, यो आफैँमा ऐतिहासिक सफलता हो’, हिरो मोटाकर्पका चेयर म्यान पवन मुन्जालले भने ।

हिरोले प्रिमियम सेग्मेन्टमा नयाँ मोटरसाइकलको चाँडै सार्वजनिक गर्दैछ, यस विषयमा आजै केहि घोषणा हुन सक्ने अनुमान गरिएको छ । हाल हिरोसँग १५० सीसीभन्दा माथिका मोटरसाइकल ३ मोडलका मात्र रहेको छ, जसमा एक्सट्रीम १६० आर, एक्सट्रीम २०० एस र एक्सपल्स २०० र २०० टी हुन् ।

हिरो ३०० सीसी सेग्मेन्टमा एड्भेन्च मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ । गतवर्ष देखि हिरोले हार्लेसँग पनि सहकार्य सुरु गरेको छ । हिरोले भारतमा हार्लेको मोटरसाइकल निर्माणका साथै हार्लेको अपरेशनसमेतको जिम्मेवारी लिएको हो । यसले हिरोलाई प्रिमियम सेग्मेन्टमा समेत स्थापित हुन सहयोग पुग्ने अनुमान गरिएको छ ।

हिरोले ३७ वर्षमा यो आँकडा पार गरेको हो । सुरुवातमा हिरो होन्डाको रुपमा १९ जनवरी १९८४ मा स्थापन भएको कम्पनी सन् २०११ सम्म हिरो होन्डा नै थियो ।


Back_to_top