ह्याचव्याक भर्सेस प्रिमियम ह्याचव्याक, आवश्यकता अनुसार कुन किन्ने

काठमाडौं । ह्याचव्याक वा प्रिमियम ह्याचव्याक कार मध्ये कुन किन्ने भन्ने विषयले धेरै ग्राहकलाई कन्फ्यूज बनाउन सक्छ । यी दुई कारको मूल्यमा निकै ठूलो अन्तर पाउन सकिन्छ ।

नेपालमा अहिले विभिन्न कम्पनीले ल्याएका ह्याचव्याक कार किन्न पाइन्छ । मारुती सुजुकी अल्टो, मारुती सुजुकी सेलेरियो, मारुती सुजुकी स्वीफ्ट, टाटा टियागो, टाटा एनआरजी, हुन्डाई सेन्ट्रो, हुन्डाई ग्राण्ड आई १० नियोस, फोर्ड फिगो, रेनो क्वीड जस्ता मोडल ह्याचव्याक कारको रुपमा विक्री हुँदै आएका छन् ।

मारुती सुजुकी बलेनो, हुन्डाई आई २० इलाइट, टाटा अल्ट्रोज, फक्सवागन पोलो जस्ता मोडल प्रिमियम प्रिमियम ह्याचव्याक सेग्मेन्टमा विक्री हुँदै आएका कार हुन् । तर, फक्सवागन पोलोको सुरुवाती भेरियन्टलाई भने प्रिमियम ह्याचव्याक सेग्मेन्टमा समावेस गरिदैन ।

विशेषत ह्याचव्याक कारको तुलनामा प्रिमियम ह्याचव्याक कारको मूल्य बढी हुने गरेको छ । मूल्य धेरैसँगै साइजमा ठूलो र फिचरमा अब्बल भएकै कारण प्रिमियम ह्याचव्याक खोज्ने ग्राहक राम्रो संख्यामा पाउन सकिन्छ ।

नेपालमा प्रिमियम ह्याचव्याकको बजार त्यति ठूलो भने छैन । यो सेगमेन्टमा मुस्कीलले वर्षमा ५ सय यूनिटभन्दा पनि कम संख्यामा कार विक्री हुँदै आएको छ । तर, ह्याचव्याक सेग्मेन्टको विक्री भने निकै ठूलो रहेको देखिन्छ । वार्षिक औषतमा ३ हजार यूनिटभन्दा बढी ह्याचव्याक कार विक्री हुँदै आएको छ ।

प्रिमियम ह्याचव्याक कारलाई अगाडिबाट झट्ट हेर्दा सेडान कार जस्तै देखिन्छ । तर, यसको बनावट निकै स्पोर्टी र क्याविन निकै आरमदायी हुन्छ । त्यहि ह्याचव्याक कार मानिसको न्यूनतम आवश्यकता पुरा गर्ने किसिमले डिजाइन गरिएको हुन्छ । ह्याचव्याकमा पनि ए, बी र सी सेग्मेन्टमा वर्गिकरण गरेर कम्पनीहरुले विक्री गर्ने गरेका छन् ।

मारुती अल्टो जस्ता मोडल ए सेग्मेन्ट ह्याचव्याक हुन् भने हुन्डाई सेन्ट्रो बी सेग्मेन्ट ह्याचव्याक हो । तर, मारुती स्वीफ्ट, हुन्डाई नियोस र फक्सवान पोलो जस्ता मोडललाई सी सेग्मेन्ट ह्याचव्याक कारमा राखेर विक्री गर्ने गरिएको छ ।

ए सेग्मेन्टको तुलनामा बी सेग्मेन्ट र बीको तुलनामा सी सेग्मेन्ट ह्याचव्याक कारको मूल्य बढी हुने गरेको छ ।

कुन किन्ने ?

यदि तपाईको घरमा कार पार्किङको लागि ४.५ मिटरभन्दा बढी स्थान छ र तपाईको गाडी किन्ने बजेट ३५ लाखभन्दा बढी रहेको छ भने तपाईलाई प्रिमियम ह्याचव्याक कार उपयुक्त हुन्छ ।

तपाई घरमा ४ मिटरभन्दा कम स्थान छ भने भने तपाईले ह्याचव्याक कार किन्दा ठिक हुन्छ । त्यसपछि कुन सेग्मेन्ट किन्ने भन्ने विषय मूल्यसँग जोडिन्छ । यदि तपाई ३० लाख रुपैयाँभन्दा केहि बढी तिर्न सक्ने अवस्थामा हुनुहुन्छ भने तपाईलाई सी सेग्मेन्ट ह्याचव्याक कार उपयुक्त हुन्छ ।

करिब २५ लाखको बजेटमा तपाई कार किन्न चाहनु हुन्छ भने तपाईलाई बी सेग्मेन्ट ह्याचव्याक र २० लाख हाराहारीको बजेट छ भने ए सेग्मेन्ट ह्याचव्याक कार किन्दा उपयुक्त हुन्छ ।


Back_to_top