काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना मोटरसाइकलको मूल्य बढाएको छ । कम्पनीले आफ्नो सर्वाधिक विक्री हुने मोडल एफजेडएस भी थ्रिमा एकै पटक ६ हजार रुपैयाँले मूल्य बढाएको हो ।
कम्पनीले यसअघि ३ लाख २३ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको एफजेडएस भि थ्रीको नयाँ मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ बनाएको हो । यामाहा एफजेडएस भि थ्रीमा १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने सिट हाइट ७९० एमएम रहेको छ । यसको लम्बाई १९९० एमएम रहेको छ ।
आकर्षक डिजाइन, एफआई इन्जिन, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर भएको एफजेडएस भि थ्रीमा १४९ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ बीएच र ५५०० आरपीएममा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।
सार्प र स्पोर्टी डिजाइनको कारण युवाहरुको विशेष रोजाईमा पर्दै आएको यो मोटरसाइकलले बजारमा सुजुकी जिक्सर १५० सँग सिधा प्रतिस्पर्धा गर्दै आएको छ ।

