यस्तो छ हस्कभर्ना स्वार्टपिलेन १२५

काठमाडौं । हस्कभर्नाले इन्ट्री लेवल स्वार्टपिलेन १२५ यूरोपियन बजारमा विक्री गरिरहेको छ । कम्पनीले यो मोटरासइकल भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

बजाजसँगको सहकार्यमा कम्पनीले भारतमा गत वर्षदेखि उत्पादन गरिरहेको छ । हाल भारतमा हस्कभर्ना २५० सिरिज उत्पादन भइरहेको छ । निकट भविष्यमा नै कम्पनीले भारतमा नै १२५ सीसी मोटरासइकल निमार्ण गर्ने अनुमान गरिएको छ ।
हाल भारतीय बजारम केटीएम ड्युक १२५ र आरसी १२५ को विक्री भइरहेको छ ।

स्विडेनको आइकोनिक मोटरसाइकल निर्माता कम्पनी हस्कभर्नाले यसमा १२४.७ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । १२५ सीसी क्षमताको उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १५ हर्स पावर र ७५०० आरपीएममा १२ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

मोटरसाइकलमा अगाडि ४३ एमएमको डब्ल्यूपी एपेक्स यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसमा अगाडि ३२० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ । बाइकमा बोष्चको ड्यूल च्यानल एबीएस दिइएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा हस्कभर्नाका २५० सीसी क्षमताका स्भर्टपिलियन र भिटपिलियन विक्री वितरण हुँदै आएको छ ।


Back_to_top