काठमाडौं । मोटरसाइकल मोडिफाईलाई नेपाललगायत विश्वका धेरै देशमा गैरकानुनी मानिन्छ । तर, केहि देशले यसलाई कलाको रुपमा पनि लिने गरेका छन् । भारतमा पनि सामान्य मोडिफाइलाई कानुनी मान्यता दिएको भएपनि धेरै परिमार्जनलाई गैरकानुनी भनिएको छ ।
यद्यपी भारतमा खुलेका विभिन्न डिजाइन हाउसहरुले मोटरसाइकल मोडिफाई गर्दै आएका छन् । कम मूल्यका मोटरसाइकलाई विश्वका बहुमुल्य मोटरसाइकलको स्वरुपमा परिमार्जन गरेर त्यसका तस्विरहरु शोसल मिडियामा हाल्ने गरेको पाइन्छ ।
आज हामीले भारतको हैदरावादमा रहेको एउटा आर्ट हाउस ‘आइरोनिक’ले बजाज पल्सर एनएस २०० लाई गरेको मोडिफाइललाई यहाँ उल्लेख गरेका छौं ।
बजाज पल्सरको डिजाइनमा पूर्णत परिमार्जन गरिएको उक्त मोटरसाइकलमा कम्पनीले आफ्नो कला प्रस्तुत गरेको छ । सानो र गोलो हेडल्याम्प, अगाडिको नेकेड भागलाई छोपेर दिइएको कभर, अगाडिको फियरिङमा प्रयोग गरिएको क्रोम, पहिलेको तुलनामा बढाइएको ह्वील वेस, नयाँ ह्वील कभर यसका मूख्य विशेषता हुन् ।
बटोमा झट्ट हेर्दा निकै फरक देखिने यो मोटरसाइकलको मेकानिकल पार्टस्मा भने परिमार्जन गरिएको छैन ।

