जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’को विजेता प्रधान

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा ललितपुर कुसुन्तीका अनिल प्रधान विजेता बनेका छन् ।

टीभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका सेल्स एण्ड बिजनेस डेभलपमेन्ट डिभिजनका जनरल म्यानेजर दीपकप्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले ‘भाइवरमा टीभीएस दशैंको आशा’ नामक स्टीकर डाउनलोड गरेर नयाँ टीभीएस जेष्ट स्कुटर जित्न सक्ने अवसर प्रदान गरेको थियो ।

‘हामी नेपालको एक प्रमुख मोटरसाइकल वितरक कम्पनी जगदम्बा मोटर्ससँग साझेदारीमा रहेकोमा गर्व गर्दछौं । हामीले यस अभियानभरि नै उत्साहजनक सहभागीता पाएका थियौं र हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन् । आगामी दिनमा टीभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं’, एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले भने ।

हाम्रा ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साह प्रदानगर्न टीभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रतिआभारी रहेको छौं । हामी देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी छौं । यो अभियानमा सहभागी भएर यसलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं’, जगदम्बा मोटर्सका जनरल म्यानेजर दीपकप्रसाद रौनियारले भने ।


Back_to_top