डिजेल र पेट्रोलबाट चल्ने गाडी विस्थापित हुने बाटोमाः प्रधानमन्त्री

काठमाडौं । डिजेल र पेट्रोलबाट चल्ने गाडी विस्तारै विस्थापन हुँदै जाने प्रधानमन्त्री खड्गप्रसाद ओलीले बताएका छन् । उनले बिक्रम सम्बत २०२१ साल तिर औलामा गन्न सकिने सवारी साधन नेपालमा उपलब्ध भएपनि अहिले लाखौं संख्यामा सवारी साधन नेपालमा उपलब्ध रहेको उनले बताए । उनले आफुहरुले १० औं हजारको मोटरसाइकल र्याली हिजो मात्र आयोजना गरेको बताए ।

हिजो सर्वाधिक विक्री हुने साइकल अहिले लगभग बन्द अवस्थामा पुगेको बताउँदै उनले भने, ‘समयको माग अनुसारको उतपादन हुन सकेनन् भने यस्ता उत्पादन आउट डेटेड हुन्छन् ।’

अब विश्वमा यातायात क्लीन इनर्जीमा आधारित रहने भन्दै उनले भने अहिलेको अवस्था नियाल्दा इलेक्ट्रीक सवारी अवको विकल्प हो ।

सहकारी अभियन्ताहरुको सभालाई सम्बोधन गर्दै उनले हरेक बस्तुको समय सकिने भएपनि कृषि उत्पादन सदैब बजार पाउने बस्तु भएकाले यसको व्यवसायीक करण गर्दै अगाडि बढ्नु पर्ने बताए ।


Back_to_top