एक्स्ट्रीम १६० आरको लिमिटेड एडिसन यहि महिना, यस्तो छ नेपाल ल्याउने तयारी

काठमाडौं । हिरो मोटोकर्पले भारतमा १० करोड यूनिट मोटरसाइकल उत्पादन पुरा गरिसकेको छ । केहि दिनअघि एक कार्यक्रम आयोजना गर्दै हिरोले १० करोड यूनिट पुरा भएको जानकारी दिएको थियो ।

हिरोले आफ्नो १० करोड यूनिट उत्पादनको क्रममा १० करोड पुरा भएको मोटरसाइकल एक्स्ट्रीम १६० आर भएको जनाएको थियो । कम्पनीले अब यसको स्पेशल एडिसन ल्याउने भएको छ ।

हिरोले लिमिटेड एडिसनलाई हरिद्धारमा रहेको प्लान्टमा उत्पादन गरिरहेको जनाएको छ । यहि फेब्रुअरी अन्तिमसम्ममा भारतमा सार्वजनिक हुन लागेको एक्स्ट्रीम १६० आरमा नयाँ रातो र सेतो कलरको समिश्रण रहेको छ भने केहि स्थानमा कालो कलरको प्रयोग समेत गरिएको छ । समग्रमा हिरो मोटो कर्पको लोगोमा प्रयोग भएको कलर यसमा प्रयोग गरिएको छ ।

यसमा फ्रन्ट फेन्डर, हेडल्याम्पको मास्क, साइड प्यानल, फ्यूल ट्याङ्क जस्ता पार्टस्मा नयाँ कलरको प्रयोगले फरक देखाएको छ । यसमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी लाइट, सिंगल पिस सिट, हजार्ड लाइट जस्ता फिचर उपलब्ध रहने छ ।

मोटरसाइकलको इन्जिनमा भने कुनै परिमार्जन गरिने छैन । यसमा १६३ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन रहने छ । उक्त इन्जिनले १५ हर्स पावर र १४ एनएम टर्क प्रदान गर्छ ।

हिरोको नेपालको लागि आधिकारी वितरक एनजीएम हिरोले एक्स्ट्रीम १६० आर यहि महिना नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।


Back_to_top