डिएफएसकेको नयाँ शोरुम तयार, चाँडै नयाँ एसयूभी र इलेक्ट्रीक स्कुटर आउने

काठमाडौं । कुजु नेपाल प्रालिले डिएफएसकेका एसयूभी र याडिया ब्राण्डको इलेक्ट्रीक साइकल र स्कुटर विक्री गर्न नयाँ शोरुम निर्माण लगभग पुरा गरेको छ । यहि साताबाट संचालना आउन लागेको नयाँ शोरुममा डिएफएसकेका एसयूभी र याडियाका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधान खरिद गर्न सक्ने छन् ।

मल्टी ब्राण्ड कन्सेप्टमा तयार पारिएको उक्त शोरुम नक्सालको छाता गणेश मन्दिर नजिक रहेको छ । नयाँ शोरुम संचालनसँगै नयाँ मोडल ‘ग्लोरी आई अटो’ एसयूभी र याडियाका साइकल तथा स्कुटरको विक्री सुरु गर्ने तयारी कम्पनीले गरेको छ ।


Back_to_top