ताप्लेजुङ्ग आगलागी पिडितलाई नाडाको आर्थिक सहयोग

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ताप्लेजुङ्गमा भएको आगलागी पिडितहरुको सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङ्गलाई सहयोग स्वरुप २ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालसहित गएको ६ सदसिय नाडा प्रतिनिधिले भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्वाङ्गसँग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागि नाडाको पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुसँग रकम संकलन गरि हस्तान्त्रण गरेको जानकारी दिएका थिए ।

चेक बुझ्दै भौतिक, पूर्वाधार तथा यातातात मन्त्री नेम्वाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोग प्रति धन्यवाद दिएका थिए । साथै, नेम्वाङ्गले नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट पनि केहि रकम थप गरेर प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्गलाई हस्तान्तरण गर्ने र शोको जानकारी नाडालाई समेत दिने बताएका थिए ।


Back_to_top