काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ प्रालिले आक्रमक बजार विस्तारको रणनीति निर्माण गर्दै एक्स्चेन्ज अफर ल्याएको छ । विगत एक वर्षदेखि निकै कमजोर प्रदर्शन गरिरहेको कम्पनीले आक्रमक बजार विस्तारको रणनीति निर्माण गरेको हो ।
कोभिड १९ को संक्रमण फैलिएपछि बजार माग अनुसारको मोटरसाइकल आयात गर्न नसकेको कम्पनीले अब भने राम्रो संख्यामा मोटरसाइकल तथा स्कुटर आयात गर्न थालेको जनाएको छ ।
‘हामीलाई लामो समयसम्म सप्लाईमा समस्या भयो । अब नयाँ २०२१ का उत्पादन आउन थालेका छन् । त्यहि अनुसार मार्केटिङ प्लान तयार गरेर कम्पनी अघि बढेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कोभिड १९ को संक्रमण अगाडिसम्म होन्डा नेपालमा सर्वाधिक दुई पाङ्ग्रे सवारीसाधन विक्री गर्ने कम्पनी रहेको थियो । तर, कोभिडपछि बजारमा माग अनुसारको सप्लाई नहुँदा कम्पनी निकैपछि धकेलिएको थियो ।
स्याकार ट्रेडिङले बोनस एक्स्चेन्ज अफर र नगद छुटको स्कीम संचालन गरेको छ । कम्पनीले बजार मूल्यमा थप ५ हजार एक्स्चेन्ज बोनस र ४ हजार नगद छुट दिने जनाएको छ । होन्डा मात्रै एउटा यस्तो कम्पनी बनेको छ जसले कोभिड १९ को संक्रमणपछि एक पटक सामान्य मूल्य वृद्धि गरेको छ । तर, अन्य कम्पनीहरुले दुईदेखि ६ पटकसम्म मूल्य वृद्धि गरिसकेका छन् ।

होन्डाले एक्स्चेन्ज अफर उपत्यकाका विभिन्न शोरुममा संचलान गरिरहेको छ । चैत ८ गतेदेखि १० गतेसम्म महाराजगञ्ज, टेकु, एकान्तकुना, ज्ञानेश्वर र उपत्यका बाहिर धादिङमा एक्स्चेन्ज अफर संचालन गरेको छ ।
त्यसैगरि चैत ११ देखि १३ गतेसम्म बनेपा, सतुङ्गल, गठ्ठाघर, पुतलीसडक र मन्थली शोरुममा एक्स्चेन्ज मेला लाग्ने छ । साथै, कम्पनीले चैत १६ गतेदेखि १८ गतेसम्म बालाजु, नयाँबानेश्वर, कुमारीपाटी, बत्तीसपुतली र त्रिशुलीमा रहेको शोरुममा एक्स्चेन्ज गर्ने कार्यक्रम तय गरेको छ ।
एक्स्चेन्जको अन्तिम खण्ड चैत १९, २० र २२ गते संचालन हुने छ । जसमा कलंकी, जोरपाटी, कुपन्डोल, भक्तपुर र कान्तिपथ शोरुममा गएर ग्राहकले आफ्नो पुराना मोटरसाइकलसँग होन्डाका नयाँ मोटरसाइकल एक्स्चेन्ज गर्न सक्ने छन् ।

