५ मोटरसाइकल विक्रेता कम्पनीले ल्याए नयाँ वर्ष अफर

काठमाडौं । नयाँ वर्ष २०७८ हाम्रो नजिक आईसकेको छ । नयाँ वर्ष आउनु एक महिना अघिदेखि नै विभिन्न मोटरसाइकल विक्रेता कम्पनीहरुले ग्राहक लक्षीत योजनाहरु सार्वजनिक गर्न सुरु गरेका थिए ।

अहिले बजाज, यामाहा, टीभीएस, सुजुकी, बेनेली लगायतका ब्राण्ड नयाँ वर्ष स्कीम ल्याइसकेका छन् भने होन्डा र हिरोले कुनै किसिमको अफर ल्याएको छैन ।

बजाज सधैँ बजारमा अफर ल्याउने विषयमा अग्रणी रहँदै आएको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले चैतको पहिलो साता नै ‘बजाज सून्य अफर’ सार्वजनिक गरेको थियो ।

मोटरसाइकल खरिदकर्ताले जति वटा सून्य जित्न सक्यो त्यति नै बराबरको नगद जित्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीले संचालन गरेको यो योजनामा ग्राहकले १० हजारदेखि १० लाखसम्म जित्न सक्ने छन् । कम्पनीको यो योजनामा १ लाख रुपैयाँ भने धेरै ग्राहकले जितिसकेका छन् । साथै, कम्पनीले सून्य प्रतिशत व्याजदर स्कीम पनि दिएको छ ।

त्यसैगरि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले ‘वा वाहा वाह्ह्’ अफर संचालन गरिरहेको छ । कम्पनी ‘वा ! नयाँ वर्ष २०७८ मा यस्तो अफर’ ट्यागलाइन सहित यो योजना संचालन गरेको हो । कम्पनीले यो योजनामा १० हजारसम्म नगद छुट, सून्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधा, हरेक १५ दिनमा एक जनालाई अपाचे आरआर ३१० मोटरसाइकल जित्ने मौका र बम्पर उपहार स्वरुप एक जनालाई प्रोटोन सागा कार दिने जनाएको छ ।

अर्को धेरै मोटरसाइकल विक्री गर्ने ब्राण्ड यामाहाले आफ्नो नयाँ वर्ष योजनामा एफआई इन्जिनलाई धेरै प्राथमिकता दिएर योजना सार्वजनिक गरेको छ । यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेजले संचालन गरेको यस योजनामा ग्राहकले मासिक २० लाख ७८ हजार रुपैयाँ जित्न सक्ने छन् ।

यामाहाले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार नगद छुट, सून्य प्रतिशत व्याजदर योजना र कम डाउन पेमेन्टमा पनि यामाहाका साधन खरिद गर्न सक्ने जनाएको छ ।

सुजुकी मोटरसाइकलको आधिकारीक विक्रेता भिजी सुजुकीले ‘सुजुकी नयाँ वर्ष विग हर्ष’ नामक योजना ल्याएको छ । कम्पनीले यस योजनामा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई१० हजार नगद छुट दिने जनाएको छ । साथै, फाइनान्सको सुविधा र एक्स्चेन्ज योजना पनि ग्राहकले उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

बेनेलीले पनि आफ्ना केहि मोडलमा अफर ल्याएको छ । कम्पनीले आफ्नो टीएनटी १५, टीएनटी १५० आई र टीएनटी ३०२ एस मोडलमा नगद १५ हजार छुट दिने योजना ल्याएको छ । साथै, टीएनटी ३०२ एसको खरिदमा ग्राहकले १० हजार रुपैयाँ बराबरको भौचर प्राप्त गर्न सक्ने छन् । उक्त भौचर ग्राहकले ३० दिन भित्र आफ्नो आवश्यकताको एशोसरिज खरिदमा प्रयोग गर्नु पर्ने हुन्छ ।


Back_to_top