काठमाडौं । प्योर इभिको इ प्लुटो विना डाउन पेमेन्टमा नै किन्न सकिने भएको छ । क्यास अन ह्वीलले निषेधाज्ञाको समयमा उक्त स्कीम ल्याएको हो ।
कम्पनीका अनुसार यो स्कीममा ग्राहकले २० हजार हजार बराबरको नगद छुट समेत प्राप्त गर्न सक्नेछन् । यसका साथै एक्सचेन्ज गर्न चाहनेले २० हजार रुपैयाँ थप मूल्याङकन प्राप्त गर्नेछन् ।
यो स्कीममा ग्राहकले पहिलो किस्ता बराबरको १० हजार रुपैयाँ तिरेर स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकसँग क्रेडिट कार्ड नभएको खण्डमा कम्पनीले नै क्रेडिट कार्डको प्रक्रिया अघि बढाइदिने छ । यसो गर्दा ग्राहकले तत्काल डाउन पेमेन्ट गर्ने झन्झट रहदैन भने ग्राहकले ४५ दिनको समय प्राप्त गर्नेछन् । क्रेडिट कार्ड मार्फत १ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ भने बाँकी रकम ग्राहकले मासिक १० हजार बराबरको किस्ता १ वर्षसम्म तिर्नु पर्ने हुन्छ । डाउन पेमेन्टको मूल्य भने स्कुटरको मूल्य अनुसार तय गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले निषेधाज्ञाको समयमा समेत नेपालभर स्कुटर डेलिभरी गर्ने जनाएको छ ।
कम्पनीका अनुसार हालको विषम परिस्थितिमा फ्रन्टलाइन वर्कहरुलाई हौसला प्रदान गर्न अझै थप छुट प्रदान गर्ने जनाएको छ । तर, यो रकम कति भन्ने विषयमा केही खुलाइएको छैन ।
प्योर ईभीको ई–प्लुटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ ।
यस स्कुटरमा १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ ।

