काठमाडौं । लकडाउनले धेरै मानिसहरुको काममा असर गरेको छ । नेपाल र भारतको अधिकांश भागमा मानिसहरु घरमा नै थुनिएर बसेको अस्था छ । यही समयको सदुपयोग गर्दै भारतीय डिजिटल आर्टिस्ट अभिन थोमसले टीभीएसको ड्यूल प्रपोज मोटरसाइकलको डिजाइन सार्वजनिक गरेका छन् ।
अभिन आर्टसका संचालक थोमसले आफ्नो इन्ट्राग्राममा टीभीएस अपाचे आरटीआरमा १६० मा आधारित एड्भेन्चर बाइकको डिजाइन सार्वजनिक गरेका हुन् । अहिले यो मोटरसाइकलको तस्विर निकै चर्चामा रहेको छ ।
तस्विरमा निकै स्टाइलिस डिजाइनमा देखिएको मोटरसाइकलमा नयाँ हेडल्याम्प डिजाइन, गोल्डन कलरको यूएसडी फर्क देख्न सकिन्छ । रेगुलर अपाचेभन्दा केहि माथि दिइएको ह्याण्डलवार र त्यसमा दिएको ह्याण्डगार्डले यसलाई निकै मस्कुलर देखाएको छ ।
इन्धन ट्याङ्क भने रेगुलर मोडलकै दिइएको छ । तर, यसमा केही परिमार्जन भएको देख्न सकिन्छ । सिटसँगै दिइएको एग्जस्ट पाइपको अलावा पछाडिको भागमा अन्य धेरै परिमार्जन देख्न सकिदैन ।
पछाडि अहिले मोनोशकमा परिमार्जन, अहिलेभन्दा फराकिलो टायर, नयाँ फ्रन्ट क्यालिपर, स्प्लीट पिलियन ग्राव रेल तस्विरमा देख्न सकिन्छ । यसका अलावा यो डिजाइनमा मेकालिनकल परिमार्जन भने गरिएको छैन ।

