५ नयाँ एसयूभी ल्याउँदै मारुती सुजुकी

काठमाडौं । मारुती सुजुकीले पाँचवटा नयाँ एसयूभी ल्याउनेगरि काम गरिरहेको जनाएको छ । भारतमा एसयूभी सेग्मेन्टको माग हरेक वर्ष वढ्दै गएकाले कम्पनीले बजार माग अनुसार नयाँ ५ मोडल बजारमा ल्याउनेगरि काम गरिरहेको हो ।

अहिले हुन्डाई र कियाले भारतमा एसयूभी सेग्मेन्टको करिब ५० प्रतिशत बजार हिस्सा ओगटेका छन् । तर, कुल कार विक्रीको ५० प्रतिशत बजार हिस्सा रहेको मारुती सुजुकीसँग भने एसयूभी सेग्मेन्टमा सर्वाधिक विक्री हुने भिटारा ब्रेजा मात्रै रहेको छ । यस्तोमा कम्पनी नयाँ नयाँ मोडल बजारमा ल्याएर एसयूभी सेग्मेन्टमा आफ्नो हिस्सा बढाउने दाउमा रहेको छ ।

अहिले भारतमा हुन्डाई, किया, जीप, रनो, निसान जस्ता कम्पनीहरुले एसयूभी सेग्मेन्टमा निकै राम्रो व्यापार गरिरहेका छन् । त्यसैले यी कम्पनीका चर्चित एसयूभीसँग प्रतिस्पर्धा गर्न मारुती सुजुकीले नयाँ ५ मोडल ल्याउने तयारी गरेको हो ।

बलेनोमा आधारित नयाँ क्रसओभर

मारुती सुजुकीले सबफोर मिटर सेग्मेन्टमा नयाँ क्रसओभर ल्याउने भएको छ । बोनेनोमा आधारित भएर आउने क्रसओभरलाई कम्पनीले वाईटीबी कोडनेम दिएर काम गरिरहेको छ । प्रिमियम ह्याचव्याक बोलेनोेको वेसमा बन्ने भएकाले यसलाई प्रिमियम क्रसओभरको रुपमा बजारमा ल्याउने अनुमान गरिएको छ ।

नयाँ जेनेरेशन ‘भिटारा ब्रेजा’

सब फोर मिटर सेग्मेन्टमा मारुती सुजुकी भिटारा ब्रेजा निकै राम्रो संख्यामा विक्री हुँदै आएको गाडी हो । तर, पछिल्लो समयमा विभिन्न कम्पनीको नयाँ नयाँ मोर्डन एसयूभी बजारमा ल्याएसँगै यसको बजार हिस्सा घट्दै गएको छ । गतवर्ष मात्रै सुजुकीले ब्रेजाको मिड लाइफ फेसलिफ्ट ल्याएको थियो । यद्यपी मारुती सुजुकीले ब्रेजाको नयाँ जेनेरेशनमा काम गरिरहेको खवर आएको छ । नयाँ जेनेरेशन ब्रेजाले टाटाको नेक्सन, कियाको सोनेट तथा हुन्डाई भेन्यूसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

भारतमा उत्पादन हुने जीम्नी

मारुती सुजुकीले सन् २०२० को अटो एक्स्पोमा तीन ढोकाको एसयूभी देखाएको थियो । तर, कम्पनीले पछि भारतीय बजारको लागि पाँच ढोके लाइफ स्टाइल एसयूभी बजारमा ल्याउने जनाएको छ । नयाँ जीम्नीमा १.५ लिटर पेट्रोल इन्जिन रहेने छ, जसले १०५ पीएस पावर तथा १३८ एनएम टर्क जेनेरेट गर्ने छ । जीम्नी फोरह्वील ड्राइभ अप्सनमा समेत उपलब्ध हुनेछ । सुजुकी जीम्नी यो वर्षको दोस्रो क्वाटरपछि लन्च हुने अनुमान गरिएको छ । यसको प्रतिस्पर्धा महिन्द्राको थारसँग हुनेछ ।

एसक्रसको सक्सेसर

मारुती सुजुकीले भिटारा ब्रेजाभन्दा माथि राखेर विक्री गर्नेगरि नयाँ एसयूभीको तयारी कम्पनीले गरिरहेको छ । कम्पनीले यसको कोडने डी२२ राखेर काम गरिरहेको छ । यसलाई कम्पनीले टोयोटाको प्लान्टमा उत्पादन गर्ने जनाएको छ । तर, यसमा लाग्ने सबै कम्पोनेन्टहरु भने मारुती सुजुकीले नै सप्लाई गर्नेछ । स्रोतहरुको अनुसार यो मिडसाइज एसयूभीले किया सोनेट, हुन्डाई क्रेटा, निसान किक्स, रेनो डस्टरसँग सिधा प्रतिस्पर्धा गर्ने छ । कम्पनीको यो सेग्मेन्टमा रहेको एसक्रसले खासै राम्रो व्यापार गर्न सकेको छैन ।

टोयोटा र मारुती सुजुकीको कम्प्याक्ट एसयूभी

मारुती सुजुकी र टोयोटाको स्ट्राटिजीक एलायन्स भएपछि टोयोटाको व्याजमा विभिन्न गाडीहरु बनेका छन् । यसै शिलशीलामा टोयोटा र मारुती सुजुकीको पार्टनरसीपमा नयाँ मिडसाइज एसयूभी बनाउने घोषणा भएको छ । यो एसयूभी टोयोटाको दायहात्सु न्यू ग्लोबल आर्किटेक्चर आधार रहने अनुमान गरिएको छ । यो डिजाइन टोयोटाले भारत जस्तो इमर्जिङ मार्केटका लागि विकास गरेको हो । यो एसयूभीमा १.५ लिटरको पेट्रोल इन्जिनमा हुनेछ । स्रोतहरुका अनुसार यो नयाँ एसयूभीमा मिड हाइब्रिड टेक्नलोजी स्टान्डर्ड रुपमा रहनेछ ।


Back_to_top