यो हो पाकिस्तानले कपी गरेको रोयल इनफिल्ड, मूल्य ३८ हजार मात्र

काठमाडाैं । वेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इनफिल्ड विश्वभर निकै चर्चित मोडल हो । अहिले नयाँ-नयाँ कम्पनीले उक्त ब्रान्डको कपि गर्दै सस्ता मोटर साइकल उत्पादनमा जोड दिएका छन् । पकिस्तानी कम्पनी रोड प्रिन्सले उत्पादन गरेको ७० सीसी इन्जिन क्षमताको बाइक बुलेट डिजिटलको नामबाट बिक्री वितरण हुँदै आएको छ । नेपाली रुपैयाँको मूल्य अनुसार ३८ हजारमा बिक्री वितरण भइरहेको यो बाइकमा रोयल इफिल्डजस्तो कुनैपनि पाटर्सको लुक्ससमेत छैन ।

भारतीय कम्पनीले केही समय अगाडि १०० सीसीको रोयल इन्डियन बाइक सार्वजनि गरेको थियो । यी दुई घटनाले हरेक देशमा बुलेटको आर्कषण अत्याधिक रहेको बुझन गाह्रो छैन ।

बुलेट डिजिटलको अगाडीको भाग पुरानो हिरो होन्डाको सिडि १०० जस्तै निर्माण गरिएको छ भने पछाडिको भाग बजाज विवाईके जस्तो रहेको छ ।

७० सीसीको एयर कुल्ड इन्जिन दिइएको यो बाइकमा ४ स्पिड गियरबक्स दिइएको छ । यो इन्जिनले ५ बिएचपी पावर र ५.४ एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top