नेपाल आउने छन् ‘हुन्डाई आयोनिक ५ र किया इभी ६’

काठमाडौं । हुन्डाई र किया दुबै हुन्डाई मोटर कोरियाको स्वामित्वमा रहेका ब्राण्ड हुन् । यी दुबै ब्राण्डले उत्पादन गरेको आफ्नो पहिलो इलेक्ट्रीक कार हुन्डाई कोना र किया निरो नेपाली बजारमा विक्री वितरण हुँदै आएका छन् ।

यस्तोमा अन्तर्राष्ट्रिय बजारमा हुन्डाई र कियाले उतारेका नयाँ इलेक्ट्रीक कार नेपाल आउँछन् वा आउँदैनन् धेरैको चासोको विषय रहेको छ । यी दुबै कम्पनीका आयातकर्ताहरुले आयोनिक ५ र इभी ६ नेपाल आउने जानकारी दिएका छन् । यी दुई कार मध्ये हुन्डाई आयोनिक २०२१ को अन्त्यसम्म र किया इभी ६ २०२२ को मध्यसम्ममा नेपाल आउन सक्ने छन् ।

बनोट र फिचरमा केही भिन्नता भएपनि यी दुबै इलेक्ट्रीक कारको टेक्निकल डिटेल भने समान रहेका छन् । हुन्डाई मोटर ग्रुपले इलेक्ट्रीक गाडीको लागि नयाँ इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म (इ-जीएमपी) को विकास गरेसँगै हुन्डाई ब्राण्डमा आयोनिक ५ तथा किया ब्राण्डमा इभी ६ अन्तर्राष्ट्रिय बजारमा उतारेका छन् ।

एउटै प्ल्याटफर्मको प्रयोग भएता पनि किया र हुन्डाईले फरक-फरक डिजाइन स्टुडियोबाट आफ्नो इभी विकास गरेका हुन् । कियाले युवा ग्राहकलाई टार्गेट गरेका छ भने, हुन्डाईले म्याचुयर ग्राहकलाई आफ्ना इभी बेच्ने लक्ष्य राखेको छ ।

लक्षित ग्राहक फरक फरक भएता पनि दुबै कार उत्कुष्ट कारहरु हुन् । यसमा रहेका केही मुख्य फरक हामीले पहिल्याउने कोशिस गरेका छौं ।

एक्सटेरियर डिजाइन

एउटै प्ल्याटफर्ममा निर्माण भएता पनि कियाको इभी ६ र हुन्डाईको आयोनिक ५ विल्कुलै फरक देखिन्छन् । आयोनिक ५ हुन्डाईको सन् २०१९ को ४५ वटा कन्सेप्ट कार मध्य एक हो । यसमा दिइएको एज स्टाइलिङले हुन्डाई कारलाई बोल्ड देखाएको छ ।

किया इभी ६ भने सुपरकार फास्ट जीटी भेरियन्टबाट प्रभावित रहेको छ । यसमा दिइएको स्कप्टेड हुड र ड्यूल रियर स्पोइलरले यसलाई स्पोर्टी देखाएको छ ।

यी दुई एसयूभीको प्रमुख फरक भने ह्वीलवेसमा देखिएको छ । किया इभी ६ मा २९०० एमएम र ३००० एमएमको ह्वीलवेस दिइएको छ ।

इन्टेरियरको लेआउट

दुबै कारमा कम्बस्चन इन्जिनको भन्दा विल्कुल फरक इन्टेरियर लेआउट पाउन सकिन्छ । दुबै कार नयाँ प्ल्याटफर्ममा बनेकाले यसमा ‘सेन्टर हम्प’ रहेको छैन जसको कारण दुबै कारको क्याविनमा यथेस्ट स्पेस पाउन सकिन्छ ।

आयोनिक ५ मा लाउन्ज जस्तो देखिने क्याविन रहेको छ । यसमा इलेक्टोनिकल्ली एडजस्टेवल सिट रहेको छ । आयोनिकमा ५६.५ क्यूफिट तथा इभी ६ मा ४५ क्यूफिट स्पेश रहेको छ । तर, यो स्पेश पाउन भने सेकेन्ड रोको सिटलाई भने फोल्ड गर्नु पर्ने हुन्छ । दुबै इभीको इन्टेरियरमा रिसाइकल प्लास्टीक तथा इकोफ्रन्डली मेटेरियलको प्रयोग भएको छ ।

दुबै ब्राण्डमा १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टमको डिस्प्ले रहेको छ । दुबैमा डिजिटल क्लष्टर रहेको छ । कियाको इभी ६ को अउडीबाट प्रेरित रहेको छ भने हुन्डाई आयोनिक ५ भने एप्पल डिजाइनबाट प्रभावित भएको छ । यसका कारण दुबै कार स्पोर्टी भर्सेस मोर्डन देखिने छ ।

व्याट्री तथा पर्फमेन्स

दुबै कार एउटै प्ल्याटफर्ममा बनेकाले दुबै कारमा ५८ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । दुबैमा एउटा मात्र रियर ह्वील ड्राइभ मोटर रहेको छ ।

आयोनिक ५ मा ७२.६ किलोवाट आवरको सिङ्ल तथा ड्यूल मोटर सेटअपको अप्सनसमेत रहेको छ । हुन्डाई आयोनिक ५ इभीको सबैभन्दा पावरफुल कम्बीनेसनले ३०१ हर्सपावर तथा ६०५ को एनएम टर्क उत्सर्जन गर्छ । जसले ५.२ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड पुग्ने छ भने, यसको टपस्पीड ११८ किलोमिटर प्रतिघण्टा रहने छ ।

त्यस्तै कियाको टप अफ दि लाइन किया इभी ६ जीटी मा ७७.४ किलोवाट आवरको व्याट्री पावर तथा अलह्वील ड्राइभ अफ्सन रहेको छ । यसले सुपरकार जस्तै ५७६ एचपी पावर तथा ७३० एनएम टर्क उत्सर्जन गर्छ । यो कार मात्र ३.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा पुग्छ भने यसको म्याक्सीमम स्पीड २६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

सेफ्टी फिचर

दुबै कारले सेफ्टीलाई उच्च प्राथमिकतामा राखेका छन् । दुबैमा स्ड्याण्डर्ड फिचरका रुपमा फर्वाड कलिजन र व्लाइन्ड स्पट असिस्टेन्ट तथा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम दिइएको छ । हाइवे ड्राइभिङका लागि ग्रेड २ सेमी अटोनोमस सिस्टम रहेको छ । जसको सहयोगमा एड्भान्स टाइपको क्रुज कन्ट्रोल रहने छ ।


Back_to_top