काठमाडौं । जापानी मोटरसाइकल उत्पादक कम्पनी होन्डाले आफ्ना मोटरसाइकलमा क्लच वायर विनाको मोटरसाइकल ल्याउने तयारी गरेको छ । कम्पनीले क्लचको नयाँ प्याटेन्ट दर्ता गरेर नयाँ खोज आउन लागेको मोटरसाइकल चाहनेहरुलाई खुसीको संकेत दिएको छ ।
होन्डाले यसलाई ‘क्लच बाय वायर’ नाम दिएको यो प्रविधि अहिलेसम्म कुनैपनि मोटरसाइकल कम्पनीले प्रयोगमा ल्याएको छैन । यदि होन्डाले यसलाई चाँडो प्रयोगमा ल्याउने हो भने यो मोटरसाइकलमा प्रयोग हुने नयाँ प्रविधि मानिने छ ।
‘क्लच बाय वायर’ टेक्नोलोजीको प्रयोगपछि क्लचको तर छिन्ने समस्याबाट मोटरसाइकल चालकले मुक्ति पाउने छन् । यो प्रविधिमा पहिले जस्तो धेरै क्लच ह्याण्डल नियन्त्रणमा राख्नु पर्दैन । तर, क्लच लिवर भने प्रयोग हुनेछ । पहिलेको तुलनामा यो निकै स्मुथ हुनेछ ।
यसरी गर्छ काम
क्लच बाय वायर सिस्टममा क्लच लिभरसँग इलेक्ट्रीक सिस्टम जडान गरिएको हुन्छ । यसलाई चलाउदा चालकले क्लच लिभर थिच्दा इलेक्ट्रीक स्वीचमा दवाव पर्छ र क्लचले काम गर्छ । यो प्रक्रियामा क्लच निकै सफ्ट हुने गर्छ ।


