कम मूल्यको ‘एनएस १२५’ कहिले आउँछ नेपाल

काठमाडौं । जारी निषेधाज्ञा सकिएसँगै बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ मोटरसाइकल नेपाल ल्याउने हल्ला सुरु भएपनि यसको आधिकारीक पुष्टि भएको छैन ।

बजाज पल्सर एनएस १२५ यसअघि विक्री हुँदै आएको एनएस १६० सीसीभन्दा कम मूल्यमा उपलब्ध हुने इन्ट्री लेवल मोडल हो ।
‘अहिले हामी बजार सर्भेमा छौं । तत्काल ल्याउने योजना छैन । तर, सर्भेले उपयुक्त देखाए केही समयपछि नेपाल आउने छ’, एचएच बजाज स्रोतले मेरोअटोसँग भन्यो ।

पल्सर एनएस १२५ को डिजाइन हुवहु एनएस १६० जस्तै रहेको छ । यसमा प्रयोग भएको सिग्नेचर हेडल्याम्प, एलइडी टेल लाइट, निकै आकर्षक इन्धन ट्याङ्की, पाइलट ल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।

पल्सर एनएस १२५ मा १२४.४५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन प्रयोग भएको छ । यसमा रहेको इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स प्रयोग गरिएको छ ।

सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजीन हेडल्याम्प, बल्ब इन्डिकेटर, पाइलोट ल्याम्प, सिबीएस ब्रेकिङ सिस्टम रहेको पल्सर एनएस १२५ लाई पेरिमिटर फ्रेममा तयार गरेको हो । यसको कुल तौल १४४ किलोग्राम रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

नेपाली बजारमा यसको मूल्य २ लाख ६० हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top