एप्पलका कारमा विवाइडी वा क्याटलको व्याट्री

काठमाडौं । टेक्नोलोजीको कारण चर्चामा रहेको एप्पलले कार निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । कम्पनीले विभिन्न अटोमोवाइल कम्पनीसँग कार निर्माणको लागि सहकार्यको आह्वान गर्दै आएको छ । यस्तोमा व्याट्री निर्माता कम्पनी छनोट गरेर व्याट्री उत्पादनमा अग्रसर हुन लागेको समाचार बाहिर आएका छन् ।

एप्पलले चिनियाँ व्याट्री उत्पादक कम्पनी क्याटल र विवाइडीसँग कुरा गरिरहेको समाचार आएको छ । एप्पलका वरिष्ठ अधिकारीको भनाई अनुसार कम्पनीले क्याटल र विवाइडी मध्ये कुनै एक कम्पनीको व्याट्री प्रयोग गर्नेछ ।

एप्पलले जुन कम्पनीसँग सम्झौता गरेपनि उसले अमेरिकामा व्याट्री उत्पादन प्लान्ट लगाउनु पर्ने सर्त राखेको जनाइएको छ । कम्पनीले अमेरिका र चीनको बीच भइरहेको ट्रेडवारलाई ध्यानमा राख्दै अमेरिकामा नै प्लान्ट राख्नु पर्ने सर्त राखेको बताइन्छ ।

विश्वकै ठूलो व्याट्री निर्माता क्याटल र चौथो ठूलो निर्माता विवाइडीले भने यस विषयमा कुनै आधिकारीक जानकारी दिएका छैनन् ।

अमेरिकी राष्ट्रपतिमा जो वाइडेन निर्वाचित भएसँग विद्युतीय कारको प्रयोग बढ्दै गएको देखिन्छ । अमेरिकी सरकारले १.७ ट्रिलियन डलर विद्युतीय गाडीको प्रयोग बढाउन प्रहोत्साहनको रुपमा खर्च गर्ने घोषणा गरेको छ ।

यसको फाइदा लिन एप्पलले सन् २०२४ सम्ममा विद्युतीय कार बजारमा ल्याइसक्ने अनुमान गरिएको छ ।


Back_to_top