बजाजले ल्याउने भयो फुल चार्जमा १०० किमि रेञ्ज दिने ‘फ्रिराइडर’

काठमाडौं । बजाजले इलेक्ट्रीक मोटरसाइकलको ट्रेडमार्क दर्ता गरेको छ । कम्पनीले बजाज चेतकपछि इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको हो । ‘फ्रिराइडर’ नामको ट्रेडमार्क दर्तासँगै नयाँ मोटरसाइकलको बारेमा चर्चा सुरु भएको छ ।

बजाज कै लगानी रहेको केटीएमले यसअघि नै ‘लाइट वेट इ बाइक फ्रिराइड इ-एक्ससी’ ट्रेडमार्क दर्ता गरिसकेको छ । फ्रिराइडर बजाजको पहिलो इलेक्ट्रीक मोटरसाइकल हुनेछ ।

फ्रिराइडर डिजाइन र फिचर

बजाज फ्रिराइडर हस्कभर्ना इ-पिलेनको प्लेटफर्ममा निर्माण हुनेछ । यसमा फ्रेम, सस्पेन्सन, ब्रेकिङ सिस्टम इ-पिलेनबाट लिने जनाइएको छ । इ-पिलेन यही अप्रिलमा सार्वजनिक भएको थियो । इ-पिलेनको उत्पादन यही वर्षको अन्त्यबाट सुरु हुने अनुमान गरिएको छ ।

फ्रिराइडरमा इ-पिलेनको फिचरहरु समावेश हुने छन् । यसमा हेडल्याम्प, ह्यान्डलवार, व्याट्री प्याक जस्ता फिचर इ-पिलेनबाट लिने भएको हो ।

बजाज फ्रिराइडर नियो रेट्रो डिजाइनमा निर्माण हुने अनुमान गरिएको छ । युवा लक्षित फ्रिराइडर सार्प र स्पोर्टी डिजाइनमा निर्माण हुनेछ ।

पावरट्रेन

फ्रिराइडरमा इ पिलेनको पावरट्रेन समान रहने छ । इ-पिलेनमा ८ किलोवाट क्षमताको मोटर रहने छ । यसले १०.७३ पीएस पावर जेनेरेट गर्छ । यसमा १०० किलोमिटर रेन्ज प्रदान गर्ने व्याट्री प्याक रहने छ ।


Back_to_top