टाटाका पीकअप र कार्गो बोक्ने गाडी किन्न ज्योति विकासको ७०% कर्जा

काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ र ज्योति विकास बैंक बीच टाटा ब्राण्डका पीकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धि सम्झौँता भएको छ। यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पीकअप र कार्गो गाडी खरिद गर्ने ग्राहकले ज्योति विकास बैंकबाट ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् ।

उक्त सम्झौँता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौँतापछि ज्योति विकास बैंकका सबै शाखाबाट कर्जा सुविधा लिन सक्ने जनाइएको छ ।


Back_to_top