काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने १२५ सीसी क्षमताको प्रिमियम स्कुटर सेग्मेन्टमा टीभीएस एनटर्क पहिलो स्थानमा रहेको छ । एनटर्कलाई होन्डा ग्राजिया र यामाहा रेजेड आरले पछ्याइरहेको छ ।
बजारमा ११० सीसी क्षमताको स्कुटरको दबदबा भइरहेको समयमा नेपाल आएको टीभीएस एनटर्क नेपाल आएको दोस्रो वर्षमा नै सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर बन्न सफल भएको थियो ।
सुरुमा एनटर्क १२५ डिस्क भेरियन्ट नेपाल आएको थियो । त्यसपछि एनटर्क ड्रम भेरियन्ट नेपाल आएको हो ।
जब एनटर्कको विक्रीमा बढोत्तरी हुँदै गयो तब यसका अन्य भेरियन्ट पनि नेपाल आउन थाले । उसोत भारतमा पनि एनटर्कले राम्रो बजार पाएसँगै उत्पादकले यसका विभिन्न भेरियन्ट बजारमा ल्याएको हो ।
सन् २०२० मा आएको एनटर्क रेस एडिसनले धेरैको मन जित्न सफल भयो । रेस एडिसनको सफलतापछि कम्पनीले स्क्वाड एडिसन ल्यायो । स्क्वाड एडिसन भारतमा विक्री सुरु भएको केही दिनपछि नै नेपालमा पनि उपलब्ध भयो । केही दिनअघि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले बीएस ६ इन्जिनमा एनटर्कको रेस एडिसनलाई आरटी–एफआई इन्जिनमा उपलब्ध गराएको छ । यो नयाँ भेरियन्टसँगै बजारमा विभिन्न ५ भेरियन्टमा एनटर्क खरिद गर्न सकिन्छ ।
नेपाल आएसँगै करिब ३ वर्षको अवधिमा करिब ५० हजार यूनिट विक्री भइसकेको एनटर्कको सुरुवाती भेरियन्टको मूल्य २ लाख २१ हजार ९०० रुपैयाँ रहेको छ भने सबैभन्दा लेटेष्ट भेरियन्टको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । सुरुवाती र टप भेरियन्टको मूल्य ५६ हजार रुपैयाँले फरक रहेको छ ।
यस्तो छ सबै भेरियन्टको मूल्य

यस्ता छन् फिचर
एनटर्क प्रदुषण मापदण्ड बीएस ४ र बीएस ६ दुबै अप्सनमा उपलब्ध रहेको छ । बीएस ६ मापदण्डमा आरटी एफआई इन्जिन युक्त एक भेरियन्ट उपलब्ध छ भने बीएस ४ मा ४ भेरियन्ट ग्राहकले खरिद गर्न सक्छन् ।
एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।
नयाँ एनटर्कमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । यो फिचर टप भेरियन्टमा मात्रै पाउन सकिन्छ ।
सस्पेन्स सबै भेरियन्टमा एउटै रहेको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।
यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर पाउन सकिन्छ ।

