यामाहा नेपालको पार्टनर्स मिट थाइल्याण्डमा सुरू

काठमाडौं। यामाहा नेपाल (एमएडब्लु राइड्स) को आयोजनामा थाइल्याण्डको पटायामा ‘ब्लू सर्ज पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ सुरू भएको छ।

साउन ११ देखिसुरु भएको उक्त कार्यक्रम १५ गतेसम्म संचालन हुनेछ । उक्त कार्यक्रममा देशभरका डिलर साझेदार र एमएडब्लू राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको उच्च व्यवस्थापन टोली सहभागी छन् ।

नेपालभरिका डिलरहरूलाई एउटै मञ्चमा ल्याएर सफलताको उत्सव मनाउने, नयाँ सिकाइ आदानप्रदान गर्ने र भविष्यको साझा रणनीति तय गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमलाई यामाहा नेपालको इतिहासकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भेलाका रूपमा हेरिएको छ।

डिलरहरूसँगै अध्यक्ष अग्रवालको उपस्थितिले यामाहा र यसका व्यावसायिक साझेदारहरूबीचको सम्बन्धलाई थप सुदृढ र भरोसायोग्य बनाएको छ।

यसपटकको पार्टनर्स मिटलाई थप खास र महत्त्वपूर्ण बनाउन यामाहा मोटरका अध्यक्ष हाजिमे आओटा आफैं पटाया पुगेका छन् । विश्वव्यापी नेतृत्व तहका माथिल्लो अधिकारीको यो उपस्थितिले यामाहाले नेपाली बजार र यहाँका साझेदारहरूलाई दिएको उच्च प्राथमिकतालाई स्पष्ट पार्छ।

भ्रमणका क्रममा नेपाली साझेदारहरूले यामाहाको विश्वस्तरीय नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन्। साथै, ब्राण्डको आगामी रणनीति, नयाँ प्रविधि र अन्तर्राष्ट्रिय बजारको दिशाबारे प्रत्यक्ष जानकारी हासिल गर्नेछन्।

‘ब्लु सर्ज-पावरिङ अहेड टुगेदर’ यो भेला केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई यामाहा र यसका साझेदारहरूबीचको सामूहिक एकता, नयाँ लक्ष्यप्राप्ति र दीर्घकालीन सहयात्राको प्रतीक हो।

सम्मान, सिकाइ र भावी दिशा पाँच दिनसम्म चल्ने यस सम्मेलनमा विशेष सत्रहरू, सम्मान कार्यक्रम तथा छलफल आयोजना गरिनेछ। जसअन्तर्गत उत्कृष्ट कार्य गर्ने नेपाली साझेदारहरूलाई उनीहरूको योगदानको उच्च कदर गर्दै सम्मानित गरिनेछ। साथै, आगामी वर्षका लागि व्यापारिक लक्ष्य र रणनीतिक खाकासमेत तय गरिनेछ।

नेपालका कुनाकाप्चाबाट साझेदारहरूलाई एकत्रित गरी अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने यो प्रयासले यामाहाको व्यावसायिक एकता र उत्तरदायित्वलाई प्रस्ट पारेको छ।

‘ब्लु सर्ज २०२६’ को समापनसँगै सहभागी सम्पूर्ण डिलर तथा टोली नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र थप दृढ प्रतिबद्धताका साथ स्वदेश फर्किने र नेपाली दुईपांग्रे बजारमा यामाहाको उपस्थितिलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।


Back_to_top