टाटाको गाडी किन्नेलाई शिखर इन्स्योरेन्सको ‘अटो प्लस’ बीमा, गाडी विग्रदा पनि रकम पाइने

काठमाडौं । टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर इन्स्योरेन्स बीच ‘अटो प्लस’ बीमा सम्झौँता भएको छ । उक्त सम्झौँतामा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् ।

अटो प्लस सम्झौँता अनुसार टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको बीमामा यो योजना लागु हुनेछ । यस अटो प्लस स्कीम सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागु हुनेछ । साथै यो स्कीम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागु हुनेछ ।

यस योजना अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ तीन हजार र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर १ हजार ५०० रुपैयाँ प्रति दिन क्षतीपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाईदाहरु रहेको विज्ञप्तीमा उल्लेख छ ।

योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रालिको आफुलाई पायक पर्ने नेपालभरको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीले दावी गरेका छन् ।


Back_to_top