काठमाडौं । चिनियाँ व्याट्री जाइन्ट कम्पनी क्याटलले आफ्नो पहिलो सोडियम आयोन व्याट्री आज सार्वजनिक गर्ने भएको छ । नयाँ सोडियम आयोन व्याट्रीको मुख्य विषेशता भनेको मूल्य हुने अनुमान गरिएको छ ।
सोडियम आयोन व्याट्री लिथियम आयोनको तुलनामा धेरै सस्तो हुने अनुमान गरिएको छ । साथै, यो व्याट्रीमा इनर्जी डेन्सीटी पनि धेरै हुने जानकारी विभिन्न रिपोर्टले बाहिर ल्याएका छन् ।
सोडियम आयोन टेक्नलोजीको व्याट्रीको सुरुवाती चरणमै प्रतिकिलोवाट आवरको मूल्य ७७.५ डलर हुने अनुमान गरिएको छ । पछि गिगावाट आवर क्षमतामा उत्पादन हुने भएपछि यसको मूल्य ३० देखि ४६ डलरको हाराहारी रहने अनुमान गरिएको छ ।
सोडियम आयोन टेक्नलोजीको व्याट्रीको विकाससँगै इलेक्ट्रीक भेहिकलको मूल्यमा व्यापक गिरावट आउने छ । यो टेक्नलोजीको व्याट्रीको अर्को राम्रो पक्ष भनेको सुरक्षा हो । यो व्याट्री कुनै दुर्घटना भएर फुट्ने, जल्ने वा पड्कने समस्या आउने छैन । जसका कारण कम्पनीहरुले सामान्य व्याट्री प्याक बनाए मात्र पुग्ने छ । जसका कारण अटो कम्पनीहरुलाई खर्च कम गर्न मद्दत पुग्ने छ ।
उत्पादन क्षमताको विकाससँगै आगामी वर्षहरुमा सोडियम आयोन व्याट्री ७० किलोवाट आवरको तौल केवल ३८९ केजी हुनेछ । साथै, ७० किलोवाट आवर व्याट्री प्याकको कुल मूल्य २ हजार १६० डलर मात्र पर्ने छ । व्याट्रीको मूल्य कम भएपछि इलेक्ट्रिक कार आगामी दिनहरुमा आईसी इन्जिनभन्दा पनि सस्तो हुने पक्का छ ।


