५ वर्षसम्म परिवर्तन नहुनेगरी ५.९९ % व्याजदरमा स्कोडा कुशक किन्न पाइने

काठमाडौं । नेपालको लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आफ्नो नयाँ एसयूभी कुशक किन्न ग्राहकलाई ५ वर्षसम्म परिवर्तन नहुने व्याजदरमा गाडी किन्ने अवशर प्रदान गरेको छ ।

नेपालमा स्कोडा कुशकको विक्री सुरु गर्दै कम्पनीले ५.९९ प्रतिशतमा ५ वर्ष परिवर्तन नहुने व्याजदरको स्कीम सार्वजनिक गरेको हो ।
कुशकको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ भने एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध रहेको छ ।

‘स्कोडा कुशक हाम्रा लागि निकै महत्वपूर्ण छ । कुशकमार्फत हामी यो गतिशितल अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका छौं । यो एसयूभीको निर्माण ग्राहकले सबैभन्दा बढी के खोजिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर गरिएको हो । त्यसैले हामी भन्न सक्छौं कि यो नेपाल बजारलाई मिल्ने एसयूभी हो,’ स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

गाडी सार्वजनिक गर्दै अग्रावालले भने ‘कुशक स्टाइलिस मात्र होइन रोबस्ट, वेल-बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर-प्रुफ छ । विश्वमै परिचित टीएसआई प्रविधिको इन्जिनले पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण प्रदान गर्छ ।’

स्कोडा कुशकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि-स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु-स्पोट मल्टिफंक्सन स्टेरिङ ह्वील पाउन सकिन्छ ।

एम्बिसन भेरियन्टदेखि कुशकमा एम्बियन्ट लाइटिङ छ, जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम-प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्रि प्रयोग गरिएको छ ।

३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स र न्यू जेनेरेशन ६ स्पीड अटोमेटिक गियरबक्स पाउन सकिन्छ ।

कुशक इलेक्ट्रोनीक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयूभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एयर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ ।

नेपाली बजारमा कुशकको मूल्य एक्टिभ एमटी भेरियन्टको ४९ लाख ९० हजार, एम्बिसन एमटीको ५३ लाख ९० हजार, एम्बिसन अटोमेटीकको ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार र स्टाइल अटोमेटिकको ६५ लाख ९० हार तोकिएको छ ।


Back_to_top