यस्तो छ होन्डा मोटरसाइकलको नयाँ मूल्यसूची

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले विक्री गर्ने चल्तीका मोटरसाइकल तथा स्कुटरको अधिकतम खुद्रा मूल्यसूची प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको मूल्यसूचीमा १ लाख ९१ हजार ९०० देखि ७ लाख ७५ हजारसम्म मूल्य कायम गरिएको छ ।

कम्पनीले विक्री गर्ने होन्डा सिडी ड्रिम डिलक्सको मूल्य सबैभन्दा कम छ भने महंगो मोडल सिबी ३५० आरएस रहेको छ । कम्पनीले विभिन्न मोडलका १७ भेरियन्ट बजारमा विक्री गर्दै आएको छ ।

होन्डाले पछिल्लो दिनमा नेपाल ल्याएको हाइनेस सिबी ३५० र सिबी ३५० आरएसको मूल्यमा जम्मा २५ हजार रुपैयाँको फरक गरेर मूल्य निर्धारण गरेको छ ।

स्कुटर सेग्मेन्टमा डियो, एभिएटर, ग्राजिया र एक्टीभी रहेका छन् भने मोटरसाइकलमा सिडी ड्रिम, सिबी साइन, सिबी हर्नेट, एक्सव्लेड, यूनिकर्न, एक्सआर १५० एल, एक्सआर १९० एल र सिबी ३५० सिरिज रहेका छन् ।

यस्तो छ साउन १४ गते कम्पनीले प्रकाशन गरेको सबै मोडलको मूल्यसूची


Back_to_top