काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले तीन पाङ्ग्रे सवारीसाधन ड्यूरोम्याक्स लिक्वीड कुल्ड इन्जिनमा ल्याएको छ । सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो तीन पाङ्ग्र सवारी साधन नेपालको लागि अत्यन्त उपयोगी रहेको कम्पनीले दावी गरेको छ ।
टीभीएस ड्युराम्याक्स प्लसमा ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । कम्पनीले यसमा २२५ सीसीको इन्जिन दिएको छ । इलेक्ट्रिक र हातको सहयोगले स्टार्ट गर्न सकिने यो अटोले ४७५० आरपीएममा १० हर्सपावर शक्ति प्रदान गर्छ । साथै, २२७५ आरपीएममा १८ एनएम टर्क क्षमता रहेकोले यसले उकालो बाटोमा पनि सहजै यात्रा गर्नेछ ।
टीभीएस ड्युरोम्याक्समा नौ ओटा प्लस फिचर्स रहेको हुनाले ग्राहकको पहिलो रोजाई हुने कम्पनीको दावी छ । यो नयाँ उत्पादनसँगै चालु आर्थिक वर्षमा ठूलो बजार हिस्सा ओगट्ने कम्पनीले जनाएको छ । यसले प्रतिलिटर ३२ किलोमिटर माइलेज दिने कम्पनीको भनाई छ ।
‘कडा मेहनतका साथ स्वदेशमै जीवनयापन गर्न चाहने नेपालीहरुले गर्नु हुने परिश्रमको प्रतिफल अधिक मिलोस् भन्ने लक्ष्यका साथ हामीले यो सबै भन्दा पावरफूल २२५ सीसीको टीभीएस ड्युरोम्याक्स प्लस अटो नेपाल ल्याएका हौं । प्रविधि, सुरक्षा, र मर्मत सम्भार जस्ता विषय अनुकूल रहेको कारण यसले सवारी साधनका धनीहरुलाई आफ्नो लगानीको उचित प्रतिफल दिनेछ’, जगदम्बामोटर्स प्रालिका डाइरेक्टर दीपक कुमार अग्रवालले भने ।

यसको मूल्य ५ लाख ९८ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुल्ला गरिएको छ ।

