यामाहाले २०० सीसी क्षमताको नयाँ R2 माेटरसाइकल ल्याउने

काठमाडौं । यामाहाले अन्तर्राष्ट्रिय बजारमा आर सिरिजमा थुप्रै नयाँ ट्रेडमार्क दर्ता गरेसँगै नयाँ मोटरसाइकल आउने चर्चा सुरु भएको छ । कम्पनीले R2, R9 र R20 को नयाँ ट्रेडमार्क दर्ता गरेको हो ।

स्पोर्टस् मोटरसाइकलमा यामाहा आर सिरिज निकै चर्चित रहेको छ । यस्तोमा R2 को चर्चा मूल्यको कारण धेरै सुरु भएको हो । यामाहाले अहिले नेपालमा R15 र आर थ्रि जस्ता मोडल विक्री गर्दै आएको छ । यी दुई मोडलको बीचमा रहनेगरी आउने भएकाले R2 को चर्चा बढेको हो ।

यामाहाले R2 मा २०० सीसी क्षमता इन्जिन दिने छ । यहिले नै यसमा रहने इन्जिनको विषयमा बोल्नु उपयुक्त हुँदैन । कम्पनीले यसको इन्जिनको बारेमा कुनै जानकारी गराएको छैन ।

स्पोर्टस् मोटरसाइकल खोज्ने धेरै ग्राहकले १५५ सीसी क्षमताको R15 खरिद गरिरहेको अवस्थामा कम्पनीले ल्याउने नयाँ २०० सीसी सेग्मेन्टको R2 ले चर्चा पाउनु स्वभाविक हो ।


Back_to_top