साँझ ८ बजेपछि उपत्यकामा निजी र सार्वजनिक यातायात प्रवेश गर्न रोक

काठमाडौं । उपत्यकामा राति ८ बजेपछि सार्वजनिक र निजी सवारी साधनलाई प्रबेश गर्न नदिने प्रशासनले निर्णय गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैंठकले निषेधाज्ञा थप गर्दै साँझ ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

उपत्यकामा कोभिड १९ संक्रमण घट्न नसकेको भन्दै निषेधाज्ञा थप गरेको हो । रातिको समयमा उपत्यका भित्रने सवारी साधनलाई रोक लगाइएको भएपनि अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने जनाइएको छ । दिउँसोमा भने सवारी साधन आवत जावत गर्न सक्ने छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीकहरुको बैठकले आगामी भदौ ८ गतेसम्म निषेधज्ञा थप गरेको छ । विहिबारबाट राती ८ बजेपछिको समयमा उपत्यकामा पनि यस्ता सवारीसाधन संचालनमा रोक लगाउने निर्णय भएकोछ ।


Back_to_top