मारुती सुजुकीको ४९ भेरियन्टको मूल्यसूची, जिम्नी एसयूभीको मूल्यपनि सार्वजनिक

काठमाडौं । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले आफ्ना विभिन्न मोडलका ४९ भेरियन्टको नयाँ मूल्य प्रकाशित गरेको छ । नाडाले साउन १४ गते प्रकाशन गरेको आफ्ना सदस्यले विक्री गर्ने सवारीसाधनको अधिकतम खुद्रा मूल्यसूचीमा मारुती सुजुकीले ४९ भेरियन्टको मूल्य प्रकाशन गरेको हो ।

नेपालमा मारुती सुजुकीको १९ लाख ९ हजारदेखि १ करोड ३ लाखसम्मको कारहरु अहिले विक्री हुँदै आएको छ । कम्पनीले साना र कम मूल्यका धेरै मोडल विक्री वितरण गर्दै आएको छ ।

कम्पनीले विक्री गर्ने अल्टो ८००, एसप्रेसो, वागेनआर, सेलेरियो र स्वीफ्ट कम मूल्यमा किन्न सकिने ह्याचव्याक कार हुन् । त्यसैगरी कम्पनीले इको, डिजायर, बलेनो, इग्नीस, ब्रेजा, एसक्रस, आर्टिगा, सियाज, एक्सएल ६, जिम्नी र भिटारा मोडल विक्री गर्दै आएको छ ।

सिजी मोटोकर्पले सुजुकीको चर्चित अफ रोड एसयूभी जिम्नी नेपाल ल्याउने भएको छ । कम्पनीले अटोमेटिक र म्यानुयल गियरबक्समा यो एसयूभी नेपाल ल्याउने भएको हो । यसको मूल्य जिएलएक्स म्यानुयल भेरियन्टको ७४ लाख ९९ हजार र जिएलएक्स अटोमेटिकको मूल्य ७९ लाख ९९ हजार रहेको छ ।

यस्तो छ सबै मोडलको मूल्यसूची


Back_to_top