बेनेली ११० वर्ष पुगेको अवसरमा मोटरसाइकल किन्नेलाई १ लाख १० हजार छुट

काठमाडौं । इटालीयन कम्पनी बेनेलीले आफ्नो स्थापनाको ११० वर्ष पुरा गरेको अवसरमा नेपालमा पनि विशेष कार्यक्रम आयोजना गरेको छ । कम्पनीले यही अवसरमा नेपाली बजारमा नयाँ मोटरसाइकल ७५२ एसमा १ लाख १० हजार रुपैयाँ छुट दिने भएको छ ।

केटीएम इन्टरनेसनल ट्रेडिङ नेपालको लागि आधिकारीक वितरक हो । कम्पनीले बेनेली ७५२ एसको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । वार्षिकउत्शव अफरमा ग्राहकले यो मोटरसाइकल २४ लाख ५ हजार रुपैयाँमा किन्न पाउने छन् । यो अफर सुरुमा आउने ३ ग्राहकले मात्रै पाउने कम्पनीले जनाएको छ ।

निकै पावरफुल इन्जिन रहेको बेनेली ७५२ एसमा ७५० सीसी लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसमा रहेको ट्विन सिलिन्डर इन्जिनले अधिकतम ८५०० आरपीएमा ७६ एचपी पावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ ।

यसको फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ । दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको आल्मुनीयम ह्वील, १४ लिटर क्षमताको इन्धन ट्यांकी र टीएफटी डिस्प्ले पाउन सकिन्छ ।


Back_to_top