महिन्द्रा एक्सयूभी ७०० तीन दिनपछि सार्वजनिक हुने

काठमाडौं । भारतीय एसयूभी एक्पर्ट महिन्द्राको नयाँ एसयूभी ‘एक्सयूभी ७००’ आगामी शनिवार ग्लोवल प्रिमिएर हुने भएको छ । महिन्द्राले थुप्रै सेग्मेन्ट फस्ट फिचरसहित एक्सयूभी ७०० बजारमा आउने टिजर यसअघि नै सार्वजनिक गरेको थियो ।

महिन्द्राको पुरानो मोडल एक्सयूभी ५०० लाई प्रतिस्थापन गर्ने एक्सयूभी ७०० मा महिन्द्राले परिवर्तन गरेको नयाँ लोगो प्रयोग हुने जानकारी बाहिर आएको छ ।

यसमा महिन्द्राले धेरै आधुनिक फिचरहरुले लोड गरेको अनुमान गरिएको छ । नयाँ एसयूभीमा सिसेपको डिआरएल सहितको नयाँ हेडलाइट, पपआउट डोर ह्याण्डल, नयाँ डिजाइनको ग्रिल, अलोय ह्वील तथा टेललाइट दिनेछ ।

क्यावीनमा ड्यूलस्कृन लेआउट रहेको छ । जसमा एउटाले इन्फोटेन्मेन्ट सिस्टम तथा अर्कोले इन्ट्रुमेन्ट क्लष्टरको काम गर्ने छ । नयाँ इन्फोटेन्मेन्ट सिस्टम एन्ड्रोइड अटो, एप्पल कारप्ले कनेक्टीभीटी, अमेजनको अलेक्सा भर्चुअल असिस्टेट सहितको भोइस कमान्डका साथै एड्रेनो इन्टरफेस कनेक्टीभीटी समेत रहने छ ।

यसमा सेग्मेन्ट फस्ट फिचरको रुपमा एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडिएएस) रहने छ । साथै, प्यानारोमीक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक समेत रहनेछ ।

एक्यूभी ७०० मुख्यतथा सात सिटको एसयूभी भएता पनि यसमा क्याप्टेन सिट सहितको ६ वटा सिटको अप्सन प्राप्त हुनेछ । यसमा २.० लिटरको एमस्टेलन टर्बो पेट्रोल इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनले २०० हर्सपावर दिने जनाइएको छ ।

त्यस्तै महिन्द्राले एक्सयूभी ७०० लाई डिजल २.२ लिटर एमहक टर्बो चार्ज्ड इन्जिन पनि दिने छ । उक्त इन्जिनले अधिकतम १८५ हर्सपावर प्रदान गर्नेछ । दुबै इन्जिन अप्सनमा म्यानुयल तथा अटोमेटीक गियरबक्स उपलब्ध रहने छ ।


Back_to_top