काठमाडौं । मोटरहेडको आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले आजदेखि एक्स्चेन्ज मेला सुरु गरेको छ । कम्पनीले भक्तपुरको सल्लाघारीमा रहेको आफ्नो शोरुममा उक्त एक्स्चेन्ज मेला सुरु गरेको हो ।
साउन २७ देखि २९ गतेसम्म चल्ने उक्त मेलामा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल लगेर मेटरहेडको नयाँ मोटरसाइलसँग सट्टापट्टा गर्न पाइने कम्पनीले जनाएको छ ।
यसरी एक्स्चेन्जमा आउने मोटरसाइकललाई बजार मूल्यभन्दा थप १५ हजार एक्स्चेन्ज बोनस दिने कम्पनीले जनाएको छ । नयाँ मोटरसाइकलको खरिदमा ग्राहकले १० हजार नगद छुट, फाइनान्स गर्दा फाइनान्स बोनस ५ हजार र हातखाली नजाने विभिन्न गिफ्ट ह्याम्पर दिने जनाएको छ ।
अहिले मोटरहेडले विभिन्न ७ मोडलका मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने टेकन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, स्क्र्याम्लर २५० को मूल्य ४ लाख ५५ हजार रहेको छ ।
त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार, मोटरहेड स्पोर्टस् अफरोडको मूल्य ३ लाख ६८ हजार र स्पोर्टस् अनरोडको मूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ ।

