क्रेटा, सेल्टोस, किक्स र कुशकमा कुन किन्ने ? यस्तो छ तुलनात्मक विष्लेषण

काठमाडौं । अहिले नेपाली बजारमा विक्री वितरण हुँदै आएको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स र केही दिनअघि मात्रै नेपाल प्रवेश गरेको स्कोडा कुशकमा प्रतिस्पर्धा हुने देखिएको छ । यी ४ कम्प्याक्ट एसयूभी मध्ये हुन्डाई क्रेटा सर्वाधिक विक्री हुने मोडल हो ।

नेपालको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्वाधिक धेरै बजार हिस्सा ओगटेको हुन्डाई क्रेटालाई टक्कर दिन निसानले बजारमा ल्याएको किक्स र त्यसपछि बजारमा आएको किया सेल्टोसले नेपालमा ठिकठाक व्यापार गर्न सफल भएका छन् । तर, क्रेटाको तुलनामा यी मोडलको विक्री निकै कम छ ।

यही सेग्मेन्टमा चेक ब्राण्ड स्कोडाले भारतमा बनाएको नयाँ एसयूभी कुशक नेपाली बजारमा उतारेको छ । स्कोडा कुशक यूरोपियन डिजाइन भएको कम्प्याट एसयूभी हो । तर, यसमा अन्य तीन माेडलकाे तुलनामा सानाे इन्जिन रहेकाे छ । मूल्यको हिसावले पनि यी ४ वटै एसयूभी एक अर्काको प्रतिस्पर्धी मोडल हुन् ।

नेपालमा गाडी किन्ने ग्राहकले डिजाइन, कलर, मूल्य, सर्भिस, स्पेयर पार्टस्को उपलब्धता, रिसेल भ्यालु, छुट लगायतका विषयमा ध्यान दिने भएकाले यी ४ मध्ये कुन मोडलमा धेरै पाइन्छ त्यहि मोडल किन्ने अवस्था रहेको छ ।

इन्जिन

स्कोडा कुशकमा १.० लिटर इन्जिन दिइएको छ । ९९९ सीसी क्षमताको टिएसआई (टर्बो) थ्रि सिलिण्डर इन्जिन भएको कारण ठूलो गाडीमा सानो इन्जिन भन्ने प्रश्न धेरैले अगाडि ल्याएको देखिन्छ । सानो इन्जिन भएपनि यसको पावर अन्य तीन मोडल जति नै रहेको छ । अन्य मोडलमा फोर सिलिण्डर इन्जिन रहेको छ भने, कुशकमा मात्रै थ्रि सिलिण्डर इन्जिन रहेको छ ।

निसान किक्समा ५ स्पीड गियरबक्स छ भने अन्य तीन वटै मोडलमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ । सानो इन्जिन भएकोले माइलेजमा कुशक अगाडि रहेको छ । यी ४ वटै गाडीमा समान ५० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

साइज

साइज, ग्राउन्ड क्लियरेन्स र ह्वील वेसमा निसान किक्स सबैभन्दा ठूलो छ । साइजमा स्कोडा कुशक सबैभन्दा सानो भएपनि ह्वीवेसमा क्रेटा र सेल्टोसभन्दा लामो छ । बुट स्पेश खोज्ने ग्राहकलाई क्रेटा र सेल्टोसमा धेरै ठूलो मिल्छ ।

सेफ्टी फिचर

सुरक्षाको मामलामा यी ४ वटै गाडीमा लगभग समान फिचर पाउन सकिन्छ । सबै गाडीमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । एयरव्यागको हकमा क्रेटा र सेल्टोसमा राम्रो नम्बर पाउन सकिन्छ ।


Back_to_top