काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले सब फोर मिटर एसयूभी बनाउने भएको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राख्दै सब फोर मिटर एसयूभी बनाउने हो ।
एमजीले भारतमा उत्पादन गरेको एसयूभी नेपाल आउने प्रक्रियामा रहेको समयमा भारतमा सब फोर मिटर एसयूभी बजारमा ल्याउने भएको कुरा बाहिर आएको हो ।
अहिले नेपाली बजारमा एमजीले उत्पादन गरेको इलेक्ट्रीक एसयूभी इजेडएस निकै सफल भइरहेको छ । यस्तोमा कम्पनीले सब फोर मिटर एसयूभी बजारमा ल्याउने हो भने यो गाडीको चर्चा बढ्ने निश्चित छ ।
यसलाई एमजीले विल्कुलै नयाँ प्ल्याटफर्ममा उत्पादन गर्न लागेको जनाएको छ । भारतमा वार्षिक १ लाख यूनिट उत्पादन गर्ने लक्ष्यसहित कम्पनीले यसको उत्पादन सुरु गर्नेछ । पछि यहि प्ल्याटफर्ममा कम्पनीले कम्प्याक्ट एसयूभी र एमपीभी निर्माण गर्ने योजना बनायो रिपोर्ट सार्वजनिक भएको छ ।
विशेषत सब फोर मिटर सेग्मेन्टको बढ्दो बजार हिस्सामा एमजीले प्रबेश गर्न खोजेको देखिन्छ । अहिले यो सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट, निसान म्याग्नाइट र रेनो काइगर जस्ता मोडल विक्री हुँदै आएका छन् ।
एमजीले यसमा कस्तो इन्जिन र फिचरहरु दिने छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

