न्यू जेनेरेशन रोयल इन्फिल्ड क्लासिक ३५० मा यस्ता छन् परिमार्जन

काठमाडौं । रोयल इन्फिल्ड क्लासीक ३५० को नयाँ जेनेरेशन सार्वजनिक भएको छ । रोयल इन्फिल्डको सार्वधिक सफल मोटरसाइकल क्लासीक ३५० न्यू जेनेरेशन भारतीय बजारमा सार्वजनिक भएको हो ।

कम्पनीले भारतीय बजार यसको ५ भेरियन्टसहित ११ कलर अप्सनमा सार्वजनिक गरेको हो । कम्पनीले यसको सुरुवाती मूल्य १लाख ४८ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य २ लाख १५ हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले नयाँ जेनेरेशन क्लासीक ३५० मा निकै नै परिर्वतन गरेको छ । रोयल इन्फिल्डले नयाँ प्लेटफर्ममा क्लासीक ३५० निर्माण गरेको हो भने यसमा नयाँ इन्जिनको प्रयोग गरेको छ । कम्पनीले ‘जे’ प्लेटफर्ममा निर्माण गरेको क्लासीक ३५० लाई मेटोर ३५० को प्लेटफर्ममा नै निर्माण गरेको हो । नयाँ प्लेटफर्ममा निर्माण भएको नयाँ क्लासिक ३५० को पावर थोरै बढेको छ ।

यो मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, एफआई इन्जिन रहेको छ । यसले २०.२ हर्सपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

न्यू जेनेरेशन मोडलमा ट्रीपर नेभीगेशन दिइएको छ । कम्पनीले सबै भेरियन्टमा भने ट्रीपर नेभिगेशन फिचर दिएको छैन् ।

न्यू जेनेरेशन क्लासीक ३५० मा कम्पनीले किट स्टार्ट गर्ने अप्सन हटाएको छ । कम्पनीले हालसम्म निर्माण गरेको क्लासीक ३५० का सबै भेरिन्यटमा किक स्टार्ट अप्सन दिएको थियो । पहिलो पटक किक स्टार्ट नभएको क्लासीक ३५० सार्वजनिक गरेको हो।

रोयल इन्फिल्डले एबीएस फिचर पनि अप्सनल दिएको छ । कम्पनीले केही भेरियन्टमा सिंगल च्यानल एबीएस र केही भेरियन्टमा डबल च्यानल एबीएस दिनेछ ।

नयाँ जेनेरेशन क्लासिक ३५० मा पहिलाको जस्तो ‘इग्निशन की’ पनि नहुने भएको छ । कम्पनीले हालै मात्र सार्वजनिक गरेको मेटोर ३५० मा प्रयोग गरेको नव इग्निशन कीको प्रयोग गरेको छ । कम्पनी हर्जाड लाइट तथा इन्डिकेटरमा समेत नव की प्रयोग गरेको छ ।

नेपाली बजारमा रोयल इन्फिल्डको सर्वाधिक विक्री हुने मोडल क्लासीक ३५० को नयाँ जेनेशेन केही समय पश्चात नेपाल आउने छ । रोयल इफिल्डको नेपालको लागि आधिकारिक विक्रेता एमभी दुगड ग्रुपले केही समय अगाडि मेटोर ३५० सार्वजनिक गरेको थियो ।


Back_to_top