रिकन्डिसन व्यवसायमा ‘अग्नी आस्था’, पुराना गाडीमा पनि वारेन्टी

काठमाडौं । महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट अन्तगर्तको सेकेन्ड ह्याण्ड कारको विक्री गर्नै कम्पनी ‘अग्नी आस्था’ संचलानमा आएको छ । उपत्यकामा आज एक कार्यक्रम आयोजना गर्दै अग्नी आस्था संचालनमा ल्याउन लागिएको हो ।

करिब ३० वर्षदेखि नेपालमा महिन्द्राका गाडी विक्री वितरण गर्दै आएको अग्नीले सेकेन्ड ह्याण्ड बजारमा पनि हात हालेको छ । हुन्डाई, टाटा, फोर्ड जस्ता कम्पनीपछि महिन्द्राले पनि पुराना गाडीको कारोबारमा हात हालेको हो । अग्नी आस्था उपत्यकामा मात्र नभई उपत्यका बाहिर पनि एकै पटक संचालनमा आउन लागेको हो ।

‘सुरुमा हामी महिन्द्राका गाडी मात्रै कारोबार गर्छौ । तर, विस्तारै अन्य ब्राण्डका कार पनि खरिद विक्री गर्ने सोच बनाएका छौं’, अग्नी इनकर्पोरेटका प्रबन्ध निर्देशक क्यावीनेट श्रेष्ठले मेरोअटोसँग भने ।

श्रेष्ठका अनुसार अग्नी आस्थाले पुराना गाडीलाई बनाएर, राम्रो कन्डिसनमा वारेन्टीसहित विक्री गर्नेछ । ग्राहकले पुरानो गाडीमा आवश्यक मर्मत संम्भारपछि किन्न पाउने हुँदा राम्रो कन्डिसनको गाडी पाउने छन् ।

काठमाडौं उपत्यकामा मात्रै अहिले ४ दर्जनभन्दा बढी रिकन्डिसन बजार संचालनमा रहेका छन् । यस्तोमा गाडी विक्रेता कम्पनीले नै खोलेको रिकन्डिसन हाउसले अन्य कम्पनीलाई पनि दवाव थप्ने छ ।

अग्नी आस्थाले गाडीको मूल्याङ्कन लगायतका काम अनलाइनबाटै गर्न सकिने जनाएको छ ।


Back_to_top