विश्व विद्युतीय गाडी दिवस पारेर दक्षिण एसियाका तीन देशमा लिफ सार्वजनिक

काठमाडौं । विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको विक्री सुरु गरेको छ । कम्पनीले अनलाइन माध्यमबाट तीनवटै देशका सरोकारवालाई जोडर भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न यस्ता गाडीले सहयोग पुग्ने विषयमा छलफल गरेको थियो ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना देखिएकाले निसानको उद्देश्य यहाँ विद्युतीय सवारी साधन उपलब्ध गराउने जनाएको छ ।

नेपाल सरकारको अग्रगामी चिन्तनको नीति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको विषय प्रस्तुत गरिएको थियो । निसानले नेपालमा लिफ सार्वजनिक गरेको हो । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सन् २०१० बाट उत्पादन भएको निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोमिटरको यात्रा तय गरिसकेको छ । जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पु¥याई सकेको जानकारी दिइएको थियो । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजनसँग गर्न सकिन्छ ।

निसान इण्डिया अप्रेशनका अध्यक्ष सिनान ओजकोकले कार्यक्रममा भने, ‘हाम्रो उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने हो । निसान लिफ दक्षिण एशियाको बजारमा उपलब्ध भएको छ । यस क्षेत्रका सरकारहरु पनि क्लिन इनर्जी उत्पादनको लक्ष्य प्राप्त गर्न लागिपरेका छन् ।’

निसानको साउथ एशिया विजिनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायरले भने, ‘समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी छ । विश्वका सरकारहरु वातावरण प्रति सचेत रहेका छन् र कार्वन उत्सर्जन विरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्त होस् भन्ने धारणा राख्दछन् ।’

कार्यक्रममा पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले भने, ‘हामीले प्रारम्भिक मूल्य ५९ लाख ९९ हजार कायम गरेर लिफ बजारमा ल्याएका छौ । बजारबाट राम्रो प्रतिकृया पाएको हुनाले निसान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउन भदौ्र २८ गतेदेखि काठमाडौं स्थित शोरुमहरुमा साताव्यापी टेष्ट ड्राइभको व्यवस्था गरेका छौं ।’


Back_to_top