सबै प्रदेश समेट्दै होन्डाले ल्यायो दशैं अफर, १५ लाखसम्म जित्न सकिने

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होन्डाको साथ ७’ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होन्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस योजनाको समय अविधिभर होन्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्न सक्ने छन् । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी होन्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक, १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा समेत होन्डाका मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् ।

यस अवधिमा मोटरसाइकल किन्ने ग्राहक मध्येबाट १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top