फोर्ड इन्डियाले इकोस्पोर्टमा समस्या आएपछि ५ हजार यूनिट फिर्ता बोलायो

फोर्ड इन्डियाले एक बिज्ञप्ती जारी गर्दै ५ हजार ३९७ यूनिट इको स्पोर्ट फिर्ता बोलाईएको जनाएको छ । कम्पनीको अनुसार फोर्डको इकोस्पोर्टमा फ्रन्ट लोअर कन्ट्रोल आर्म र पेसेन्जर सिक्लाइनर लक्समा खराबी आएकोले फिर्ता बोलाएको जनाएको छ । 

यी सबै कारहरु मे देखि जुन २०१७ सम्म उत्पादन भएको कम्पनीले जनाएको छ । त्यति बेला बनेको ४ हजार ३७९ युनिट इकोस्पोर्टमा फ्रन्ट लोअर कन्ट्रोल आर्मको समस्या देखिएकोले त्यसको जाँच भइरहेको कम्पनीले जनाएको छ । फोर्डको वर्ल्ड स्ट्रेन्थ अनुसारको स्पेशिफिकेसन अनुसार नभएकाले फिर्ता बोलाईएको जनाएको छ । 

त्यसैगरी कम्पनीले नोभेम्बर देखि डिसेम्बर २०१७सम्म कार किनेका १ हजार १८ कारका धनीलाई पेसेन्जर सिक्लाइनर लक्सको तत्काल जाँच गराउन भनेको छ । 

संसारभर ठुला कार निर्माता कम्पनीहरुले आफ्ना उत्पादनमा केही समसया आएको खण्डमा तत्काल ग्राहकलाई जानकारी गराएर गाडी फिर्ता बोलाउने गरेका छन् । 


Back_to_top